काठमाडौँ । न्यूरोडमा सञ्चालित दुईवटा सुन पसलमा छापा मारेर प्रहरीले ७ किलो ८ सय ग्राम सुन बरामद गरेको छ ।
न्यूरोडमा सञ्चालित ‘ओम पर्ल गोल्ड प्रा.लि’ र ‘कैलाश ज्वेलर्स प्रा.लि’मा छापा मारेर सञ्चालकलाई नियन्त्रणमा लिइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले बताए ।
पक्राउ पर्नेमा कैलालीको लम्कीचुहा नगरपालिका–७ घर भएका पदमप्रसाद पाण्डे छन् । ४१ वर्षीय पाण्डे हाल नागार्जुन नगरपालिका–२ स्थित सानो भर्याङमा बस्छन् । सुन पसलमा भेटिएको सुनका बिस्कुट र गहना प्रहरीले बरामद गरेको छ ।
बरामद सुन थप अनुसन्धानका लागि उपत्यका अपराध अनुसन्धान कार्यालयले राजस्व अनुसन्धान विभागमा बुझाएको छ । दुईवटा पसलबाट बरामद गरिएको सुन र ४१ सय डलर राजस्व अनुसन्धान विभागमा पठाइएको एसपी रेग्मीले जानकारी दिए ।
बरामद गरिएको सुन अवैध बाटोबाट ल्याएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । दुबई र चीनबाट आरोपीले भन्सार छलेर सुन ल्याएको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको एसपी रेग्मीले बताए । उनले भने–‘सुन अवैध तरिकाले काठमाडौँ ल्याएको आशङ्का गरिएको छ, थप अनुसन्धान हुँदै छ ।’
सुन पसलमा ३९ लाख ५० हजार नेपाली रुपैयाँ भेटिएको छ । पाण्डेले नेपाली रुपैयाँको स्रोत खुलाउन नसकेपछि अनुसन्धान कार्यालयले उनलाई राष्ट्र बैङ्क कसुरमा मुद्दा चलाउन जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





