पोखरा । तनहुँको व्यास नगरपालिकाले सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनमा मादी नदी उपत्यका विकास परियोजनामा ध्यान दिन प्रस्ताव गरेको छ । कार्यपालिका बैठकले मादीमो पूर्वाधार विकासका लागि सरकारलाई सिफारिस गरेको हो ।
ब्यासले यसअघि पनि यही योजना लगानी बोर्डमा प्रस्ताव गरेको थियो । यहाँको विकासका लागि पालिकाले नै डीपीआर निर्माण गरिसकेको छ । सदरमुकाम दमौलीदेखि शिशाघाटसम्म १७ वर्गकिलोमिटर क्षेत्रमा बस्ती विकासदेखि खेलकुद मैदान र औद्योगिक क्षेत्र लगायत पूर्वाधार बनाउन सकिने प्रस्ताव छ । यस्तै, मादी नदीमाथिको पुलमुनि ताल बनाउने देखि मिनी हाइड्रो निर्माणसम्मको योजना छ ।
बैठकले व्यास नगरपालिका भित्रका विभिन्न केही योजनामा ठेकेदारले काम सम्पन्न नगरी बेपत्ता भएको र पटक पटक पत्राचार गर्दा समेत सम्पर्कमा नआएको भन्दै अन्तिम पटक १५ दिनको म्याद दिइएको छ । तोकिएको समयमा पनि सम्पर्कमा नआए कानुन अनुसार कारबाही अघि बढाइने मेयर वैकुण्ठ न्यौपानेले जानकारी दिए । उनका अनुसार बैठकले यसअघिका निर्णय कार्यान्वयनको अवस्थाबारे समीक्षा गरेको छ भने आगामी नगर सभाको मिति तोकेको छ । पछिल्लो समय चर्चामा रहेको मानुङकोट पर्यटन विकासबारे सरोकारवालासँग मंसिर २९ गते बैठक डाकिएको छ । मानुङको विकासका लागि पालिकाले निर्माण गरेको गुरुयोजनाबारे छलफल हुनेछ ।
यस्तै, पालिकाका ज्येष्ठ नागरिकले सार्वजनिक यातायातको भाडामा छुट नपाएको गुनासो आएकोले कानुन अनुसारको छुट दिन सवारी धनी र कर्मचारीलाई आग्रह गरिएको छ ।
नगरपालिका क्षेत्रभित्र नक्शापास प्रक्रियामा आई भवन निर्माण कार्य भएका घरधनीले माघ मसान्तभित्र नियमित गर्न वा घर कायम गर्ने निर्णय पनि गरिएको छ । तर यसका लागि सार्वजनिक सम्पत्ति नमिचेको र नगरपालिकाको भवन मापदण्ड अनुसार बनेको हुनुपर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- अमेरिका–इरान युद्ध अन्त्यतर्फ, सम्झौतामा हस्ताक्षरको तयारी
- विश्वकपमा स्कटल्यान्डको विजयी सुरुआत, समूह ‘सी’को शीर्ष स्थानमा उक्लियो
- चीन भ्रमणमा निस्कँदै परराष्ट्रमन्त्री, कूटनीतिक भेटघाटमा केन्द्रित रहने
- आज देशका विभिन्न क्षेत्रमा बदली, केही स्थानमा वर्षाको सम्भावना
- सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
- श्रम संस्कृति पार्टीले पृथ्वीका सबै श्रमिकलाई मुक्ति र न्याय दिन्छ– सुदन किराती
- मापदण्ड विपरीत सञ्चालित भक्तपुरको बाल गृहबाट ८ बालबालिकाको उद्धार
- २५ वर्षसम्म गोप्य राखिएको रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा ल्याउँदै बालेन सरकार



ट्रेन्डिङ
खबरमुकाम






