काठमाडौँ । काठमाडौँ बिश्वबिद्यालय अन्तर्गतको कुसोम (Kathmandu University School Of Management) रोट्र्याक्ट क्लवले धुम्रबराहा माध्य्मिक बिद्यालयलाई बिभिन्न सहयोग प्रदान गरेको छ ।
शुक्रबार सो बिद्यालयमा आयोजित एक कार्यक्रमका बीच कुसोम रोटार्क्ट क्लव (KUSOM Rotaract Club) को संस्थापक सभापतिमा स्नेहा चिमौरियाले मर्यादित महिनावारी दिवसको उपलक्ष्यमा कक्षा ७, ८ , ९ र १० का छात्रालाई पुनः प्रयोग गर्न मिल्ने प्याड १३० थान र २५ थान अन्डरबेयरका साथै कलर पेन्सिल र कलर ९६ थान, कपि १०० थान, पुस्कालायाको लागि सन्दर्भ पुस्तक ७० वटा, पेन्सिल ब्याग १०० वटा, खेलकुद सामग्री (ब्याडमिन्टन, फुटबल र टेनिस टेवललगायत) र ट्याकसुट लगायतका लुगाहरु धुम्रबराहा माध्य्मिक बिद्यालयका प्रधानाध्यापक सुजाता राजलवटमार्फत हस्तान्तरण गरेकी हुन् ।

उक्त सामग्री हस्तान्तरण गर्दै कुसोम रोटार्क्ट क्लवको संस्थापक सभापतिमा चिमौरियाले आगामी दिनमा पनि बिद्यालयलाई सक्दो सहयोग गर्दै जाने बताइन भने उक्त बिद्यालयका प्रधानाध्यापक सुजाता राजलवटले रोट्र्याक्ट क्लव कुसोमले बिद्यालय र विद्यार्थीका लागि सहतोग गरेकोमा धन्यवाद दिदै आगामी दिनमा पनि यस्तै सहयोगी भावना लिएर अगाडी बढ्न रोट्र्याक्ट क्लव कुसोमलाई शुभकामना दिइन् ।

रोट्र्याक्ट क्लव कुसोमद्वारा आयोजित उक्त कार्यक्रमलाई सफल बनाउन रोटरी क्लव पाटन साउथ, प्रभु बैंक, इनयाँ क्याफे र बुद्ध पब्लिकेशनलगायतका संस्थाहरुको सहयोग रहेको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण
- मुक्तिनाथ विकास बैंक र यातायात व्यवसायी महासंघबीच सम्झौता, व्यवसायीलाई सहुलियत ब्याजदरमा कर्जा
- भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ अझै सम्पर्कविहीन
- रसुवा बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना
- प्रतिनिधिसभा बैठक आज, भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत हुने
- बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३ पुग्यो
- नेशनल लाइफ इन्स्योरेन्सद्वारा विपद् उद्धार कोषमा १ करोड ५१ लाख सहयोग


ट्रेन्डिङ
खबरमुकाम






