काठमाडौँ । काठमाडौँ बिश्वबिद्यालय अन्तर्गतको कुसोम (Kathmandu University School Of Management) रोट्र्याक्ट क्लवले धुम्रबराहा माध्य्मिक बिद्यालयलाई बिभिन्न सहयोग प्रदान गरेको छ ।
शुक्रबार सो बिद्यालयमा आयोजित एक कार्यक्रमका बीच कुसोम रोटार्क्ट क्लव (KUSOM Rotaract Club) को संस्थापक सभापतिमा स्नेहा चिमौरियाले मर्यादित महिनावारी दिवसको उपलक्ष्यमा कक्षा ७, ८ , ९ र १० का छात्रालाई पुनः प्रयोग गर्न मिल्ने प्याड १३० थान र २५ थान अन्डरबेयरका साथै कलर पेन्सिल र कलर ९६ थान, कपि १०० थान, पुस्कालायाको लागि सन्दर्भ पुस्तक ७० वटा, पेन्सिल ब्याग १०० वटा, खेलकुद सामग्री (ब्याडमिन्टन, फुटबल र टेनिस टेवललगायत) र ट्याकसुट लगायतका लुगाहरु धुम्रबराहा माध्य्मिक बिद्यालयका प्रधानाध्यापक सुजाता राजलवटमार्फत हस्तान्तरण गरेकी हुन् ।

उक्त सामग्री हस्तान्तरण गर्दै कुसोम रोटार्क्ट क्लवको संस्थापक सभापतिमा चिमौरियाले आगामी दिनमा पनि बिद्यालयलाई सक्दो सहयोग गर्दै जाने बताइन भने उक्त बिद्यालयका प्रधानाध्यापक सुजाता राजलवटले रोट्र्याक्ट क्लव कुसोमले बिद्यालय र विद्यार्थीका लागि सहतोग गरेकोमा धन्यवाद दिदै आगामी दिनमा पनि यस्तै सहयोगी भावना लिएर अगाडी बढ्न रोट्र्याक्ट क्लव कुसोमलाई शुभकामना दिइन् ।

रोट्र्याक्ट क्लव कुसोमद्वारा आयोजित उक्त कार्यक्रमलाई सफल बनाउन रोटरी क्लव पाटन साउथ, प्रभु बैंक, इनयाँ क्याफे र बुद्ध पब्लिकेशनलगायतका संस्थाहरुको सहयोग रहेको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





