काठमाडौं । नेपाली कांग्रेसको मुखपत्र ‘नेपाल पुकार’ २६ वर्षपछि पुनः प्रकाशित भएको छ । विसं २००४ मा कांग्रेस स्थापना हुनुभन्दा पहिलेदेखि छापिँदै आएको ‘नेपाल पुकार’ विसं २०५४ देखि बन्द रहे पनि अहिले आएर पुनः प्रकाशित हुन लागेको हो ।
पार्टीको केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीन विश्वकर्माले विसं २०५४ देखि बन्द रहेको नेपाल पुकारलाई त्रैमासिक रुपमा प्रकाशन गर्नेगरी पुनः प्रकाशनमा ल्याइएको जानकारी दिए ।
विसं २००४ देखि मासिक, पाक्षिक र साप्ताहिक रुपमा प्रकाशन हुँदै आएको उक्त पत्रिका विसं २०५४ देखि भने पूर्ण रुपमा बन्द रहेको थियो । कांग्रेसले त्रैमासिक रुपमा प्रकाशन गर्न लागेको पहिलो अङ्कमा ‘बीपी साहित्य महोत्सव’ का गतिविधिलाई समेटेर विशेषाङ्क प्रकाशन गरेको छ ।
१३२ पृष्ठको रहेको उक्त विशेषाङ्कको मङ्सिर २४ गते आइतबार पार्टीका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकार्पण गर्ने प्रचार विभाग प्रमुख विश्वकर्माले बताए । आगामी दिनमा उक्त पत्रिकालाई विचार प्रदान पत्रिकाका रुपमा प्रकाशन गरिने उहाँको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





