काठमाडौं । जाडो मौसममा चनाको साग पनि स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । आउनुहोस् जानौं यसलाई खाँदा के कस्ता फाइदा हुन्छन् भन्नेबारे ।
चनामा प्रोटिन, फाइबर जस्ता गुण पाइन्छन् । यसलाई जाडोको मौसममा खाँदा मधुमेह भएकालाई पनि फाइदा गर्दछ । साथमा यसलाई नियमित रुपले खाँदा कब्जियतको समस्या पनि हुँदैन ।
यसमा प्रोटिन, फाइबर, कार्बोहाइड्रेट, आइरन, भिटामिन तथा मिनरल्स पाइन्छन् । यसले शरीरमा कमी हुने पोषणलाई पूरा गर्ने काम गर्दछ ।
चनाको सागमा पर्याप्त मात्रामा फाइबर पाइन्छ । यसले लामो समयमा पेट भरिएको महसुस हुन्छ जसले गर्दा यो साग तौल कम गर्दा पनि खान सकिन्छ ।
त्यस्तै चनाको सागमा एन्टीअक्सीडेन्ट गुण हुन्छ । यसको सेवनले रोग प्रतिरोधात्मक क्षमता पनि वृद्धि हुन्छ । यसबाहेक रुघाखोकी, ज्वरोको समस्यालाई पनि कम गर्दछ । साथमा यो साग मानसिक स्वास्थ्यका लागि पनि खानु राम्रो मानिन्छ । यसले मानसिक स्वास्थ्यमा पनि राम्रो असर गर्दछ ।
चनाको सागमा भिटामिन ई, भिटामिन के तथा एन्टीअक्सीडेन्ट गुण पाइन्छ । यसलाई दैनिक रुपमा सेवन गर्दा छाला सम्बन्धी समस्याबाट पनि छुट्कारा पाउन सकिन्छ । साथमा यसको सेवनले आँखाको ज्योती पनि राम्रो बनाइराख्छ । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण
- मुक्तिनाथ विकास बैंक र यातायात व्यवसायी महासंघबीच सम्झौता, व्यवसायीलाई सहुलियत ब्याजदरमा कर्जा
- भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ अझै सम्पर्कविहीन
- रसुवा बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना
- प्रतिनिधिसभा बैठक आज, भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत हुने
- बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३ पुग्यो
- नेशनल लाइफ इन्स्योरेन्सद्वारा विपद् उद्धार कोषमा १ करोड ५१ लाख सहयोग


ट्रेन्डिङ
खबरमुकाम






