काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीमाथि धनकुटामा आक्रमणको भएको छ । बिहीबार मध्याह्न करिब १२ बजेतिर अध्यक्ष ओलीमाथि लेगुवा भन्ने ठाउँमा आक्रमण भएको हो ।
स्वागत गर्न भन्दै फूलमालासहित लाइनमा बसेका एक व्यक्तिले ओलीमाथि आक्रमण गरेका थिए । ओलीमाथि हातपात गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
कार्यक्रमा स्वागतका लागि लाइनमा बसेका महेश राईले अध्यक्ष ओलीमाथि आक्रमण गरेका हुन् । ओलीमाथि आक्रमण गर्न लागेको देखेपछि सुरक्षाकर्मीले राईको एउटा हात समाएका थिए ।
धनकुटाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलका अनुसार ती व्यक्तिले मादक पदार्थ सेवन गरेको पाइएको छ। ‘उसको व्यवहार शंकास्पद देखिएपछि नियन्त्रणमा लिइएको छ । उनले भने। ओली मध्यपहाडी लोकमार्गकेन्द्रित पूर्वपश्चिम अभियानका क्रममा धनकुटा पुगेका थिए।
कोशी प्रदेश प्रहरी प्रमुख डिआइजी राजेशनाथ बास्तोलाका अनुसार मादक पदार्थ सेवन गरेका व्यक्तिले ओलीमाथि हात उठाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





