काठमाडौं । भारतीय चर्चित अभिनेता श्रेयस तलपडेलाई हृदयघात भएको छ । बिहीबार राति हृदयघात भएपछि उनको मुम्बईको बेलेभ्यु अस्पतालमा एन्जियोप्लास्टी गरिएको अन्तराष्ट्रिय सञ्चार माध्यमा उल्लेख गरिएको छ ।
तलपडेका प्रबन्धकका अनुसार उनको अवस्था अहिले स्थिर रहेको र निको भइरहेको छ । तलपडे ‘वेलकम टु जङ्गल’ फिल्मको सुटिङ गरिरहेका थिए । सुटिङपछि उनलाई हृदयघात भएका हो ।
त्यसपछि राति करिब १० बजे डा वीएन लुलाको नेतृत्वमा उनको मुटुको शल्यक्रिया गरिएको थियो । जनवरीमा ४८ वर्ष पुगेका तलपडे हिन्दी र मराठी फिल्मका चर्चित अभिनेता हुन् ।
सन् २००२ मा फिल्म आंखेबाट बलिउडमा करियर सुरू गरेका तलपडेले ‘इकबाल’, ‘डोर’, ‘ओम शान्ति ओम’, ‘वेलकम टु सज्जनपुर’, ‘गोलमाल’, ‘हाउसफुल’जस्ता धेरै फिल्ममा अभिनय गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





