काठमाडौं । भारतीय चर्चित अभिनेता श्रेयस तलपडेलाई हृदयघात भएको छ । बिहीबार राति हृदयघात भएपछि उनको मुम्बईको बेलेभ्यु अस्पतालमा एन्जियोप्लास्टी गरिएको अन्तराष्ट्रिय सञ्चार माध्यमा उल्लेख गरिएको छ ।
तलपडेका प्रबन्धकका अनुसार उनको अवस्था अहिले स्थिर रहेको र निको भइरहेको छ । तलपडे ‘वेलकम टु जङ्गल’ फिल्मको सुटिङ गरिरहेका थिए । सुटिङपछि उनलाई हृदयघात भएका हो ।
त्यसपछि राति करिब १० बजे डा वीएन लुलाको नेतृत्वमा उनको मुटुको शल्यक्रिया गरिएको थियो । जनवरीमा ४८ वर्ष पुगेका तलपडे हिन्दी र मराठी फिल्मका चर्चित अभिनेता हुन् ।
सन् २००२ मा फिल्म आंखेबाट बलिउडमा करियर सुरू गरेका तलपडेले ‘इकबाल’, ‘डोर’, ‘ओम शान्ति ओम’, ‘वेलकम टु सज्जनपुर’, ‘गोलमाल’, ‘हाउसफुल’जस्ता धेरै फिल्ममा अभिनय गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- यस्ता छन् विश्वको सबैभन्दा ठूलो नोबेल पुरस्कारबारे रोचक तथ्य....
- ओरालो लागेको मृग बने मास्टर सेफ सन्तोषः नियत खराब थिएन नियति खराब भइदियो
- ललितपुरमा गोली चल्योः तीन जना लागुऔषध तस्कर पक्राउ
- राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः गगन थापा
- रास्वपा लुम्बिनीको सभापतिमा शालिकराम घिमिरे निर्वाचित
- रास्वपाको उदय अस्थिर राजनीति र भूराजनीतिक चलखेलको परिणाम हो : एमाले
- अमेरिका–इरान युद्ध अन्त्यतर्फ, सम्झौतामा हस्ताक्षरको तयारी
- विश्वकपमा स्कटल्यान्डको विजयी सुरुआत, समूह ‘सी’को शीर्ष स्थानमा उक्लियो



ट्रेन्डिङ
खबरमुकाम






