झापा । पार्सल गर्न लागेको ज्याकेटमा दुलो बनाई ज्याकेटभित्र लुकाई राखेको अवैध लागूऔषध ब्राउन सुगर २८ ग्राम ३ सय ७० मिलिग्रामसहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा मेचिनगर नगरपालिका–१२ कालीझोडा बस्ने ३० वर्षीय राजु बिश्वकर्मा र ईलामको ईलाम नगरपालिका–१ बस्ने २० वर्षीय दिपक दाहाल रहेका छन् ।
ईलाका प्रहरी कार्यालय अनारमनी झापाबाट खटिएको प्रहरीले टोलीले बिर्तामोड नगरपालिका–१ पश्चिम बसस्टपमा काठमाडौं ज्याकेट पार्सल गर्न आएका विश्वकर्मालाई जाँच गर्दा पार्सल गर्न ल्याएको ज्याकेटमा लुकाई ल्याएको अवस्थामा उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
साथै थप अनुसन्धानको क्रममा उक्त लागूऔषध दिपकको हो भन्ने खुल्न आएपछि बिर्तामोड नगरपालिक१ बाट दिपकलाई समेत प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- संसद्को दुवै सदनको बैठक आज, बजेटमाथि मन्त्रालयगत छलफल सुरु हुने
- आज सातै प्रदेशको बजेट सार्वजनिक हुँदै, खर्च क्षमता सुधार्ने चुनौती कायमै
- अन्तिम मिनेटको गोलमा आइभरीकोस्टको शानदार जित
- अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने सहमति
- आजको मौसमः केही क्षेत्रमा वर्षा र पश्चिमी तराईमा गर्मी हुने
- यस्ता छन् विश्वको सबैभन्दा ठूलो नोबेल पुरस्कारबारे रोचक तथ्य....
- ओरालो लागेको मृग बने मास्टर सेफ सन्तोषः नियत खराब थिएन नियति खराब भइदियो
- ललितपुरमा गोली चल्योः तीन जना लागुऔषध तस्कर पक्राउ



ट्रेन्डिङ
खबरमुकाम





