झापा । पार्सल गर्न लागेको ज्याकेटमा दुलो बनाई ज्याकेटभित्र लुकाई राखेको अवैध लागूऔषध ब्राउन सुगर २८ ग्राम ३ सय ७० मिलिग्रामसहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा मेचिनगर नगरपालिका–१२ कालीझोडा बस्ने ३० वर्षीय राजु बिश्वकर्मा र ईलामको ईलाम नगरपालिका–१ बस्ने २० वर्षीय दिपक दाहाल रहेका छन् ।
ईलाका प्रहरी कार्यालय अनारमनी झापाबाट खटिएको प्रहरीले टोलीले बिर्तामोड नगरपालिका–१ पश्चिम बसस्टपमा काठमाडौं ज्याकेट पार्सल गर्न आएका विश्वकर्मालाई जाँच गर्दा पार्सल गर्न ल्याएको ज्याकेटमा लुकाई ल्याएको अवस्थामा उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
साथै थप अनुसन्धानको क्रममा उक्त लागूऔषध दिपकको हो भन्ने खुल्न आएपछि बिर्तामोड नगरपालिक१ बाट दिपकलाई समेत प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





