काठमाडौँ । अभिनेता पूर्णविक्रम शाह उर्फ पल शाहको धनगढीमा जारी सुदूरपश्चिम महोत्सवमा ब्रासलेट हराएको छ । महोत्सवमा शनिबार प्रस्तुति दिने क्रममा उनको करिब ३ तोलाको सुनको ब्रासलेट हराएको हो ।
महोत्सवका सांस्कृतिक संयोजक मिलन कुँवरका अनुसार प्रस्तुतिका क्रममा फ्यानसँग हात मिलाउने सिलसिलामा ब्रासलेट झरेको हुन सक्ने बताए । ‘फ्यान कसैले निकाल्यो वा आफै खस्यो त्यो थाहा भएन’, कुँवरले भने ‘ब्रासलेट भने हराएको हो ।’ ब्रासलेट हराएपनि पलले फ्यानलाई भने दोष नदिएको उनको भनाइ छ । ‘ब्रासलेट हराएकोमा पलले कुनै दुख व्यक्त गरेका छैनन्’, कुँवर थपे ।
उद्योग वाणिज्य महासङ्घ कैलालीले आयोजना गरेको महोत्सव गत मंसिर २२ देखि नियमित चलिरहेको छ । पुस २ गतेसम्म चल्ने भनेर आयोजना भएको महोत्सव तीन दिन थप गरिएको छ ।
महोत्सवमा गायक प्रमोद खरेल, गायक रामजी खाँड, खेम सेन्च्युरी, पुष्कल शर्मा, हिमाल सागर, शान्तीश्री परियार, एलिना चौहान, प्रताप दास, रमेश राज भट्टराई, बबिता बानिया जेरी लगायत थुप्रै गायक गायिकाले प्रस्तुति दिइसकेका छन् । महोत्सवमा दैनिक करिब १ लाख बढी दर्शक हुने गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





