काठमाडौं । नेपाली सांगितीक क्षेत्रमा पाइला चालेकी नवगायिका कमला मगरको पहिलो गीत सार्वजनिक गरिएको छ । ‘यो मेरो पिरती’ बोलको लोक गीतमा कमलासँगै गायक खेम सेन्चुरीको स्वर रहेको गीतको भिडियो सार्वजनिक गरिएको हो ।
रमेस परियारको शब्द र संगीत रहेको गीतको भिडिओ कमला मगर अफिसियल युटुव च्यानलबाट सार्वजनिक गरीएको छ ।
गीतको भिडिओमा लोकप्रिय नायक पुस्प खड्का र कबिता नेपालीको अभिनय रहेको छ । मौसम हिमालीको निर्देशनमा निमार्ण गरीएको उक्त गितलाई मनोज कार्कीले सम्पादन गरेका हुन् । भिडिओ दुईदिन अघि सार्वजनिक गरिएको हो भने सकारात्मक प्रतिक्रिया आइरहेका छन् ।
गोरखा ४ आरुघाटकी गायिका कमलाले आफ्नो पहिलो कोसेलीमा आएको दर्शक तथा स्रोताको प्रतिक्रियाले आफूलाई खुसी बनाएको बताएकी छिन् । उनले आफूले यसपछि पनि निरन्तर गीतसगीतमा समय दिने र छिट्टै अर्को गीतको लागी तयारी भइरहेको बताइन् ।
भिडियाे ः
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





