काठमाडौं । नेपाली सांगितीक क्षेत्रमा पाइला चालेकी नवगायिका कमला मगरको पहिलो गीत सार्वजनिक गरिएको छ । ‘यो मेरो पिरती’ बोलको लोक गीतमा कमलासँगै गायक खेम सेन्चुरीको स्वर रहेको गीतको भिडियो सार्वजनिक गरिएको हो ।
रमेस परियारको शब्द र संगीत रहेको गीतको भिडिओ कमला मगर अफिसियल युटुव च्यानलबाट सार्वजनिक गरीएको छ ।
गीतको भिडिओमा लोकप्रिय नायक पुस्प खड्का र कबिता नेपालीको अभिनय रहेको छ । मौसम हिमालीको निर्देशनमा निमार्ण गरीएको उक्त गितलाई मनोज कार्कीले सम्पादन गरेका हुन् । भिडिओ दुईदिन अघि सार्वजनिक गरिएको हो भने सकारात्मक प्रतिक्रिया आइरहेका छन् ।
गोरखा ४ आरुघाटकी गायिका कमलाले आफ्नो पहिलो कोसेलीमा आएको दर्शक तथा स्रोताको प्रतिक्रियाले आफूलाई खुसी बनाएको बताएकी छिन् । उनले आफूले यसपछि पनि निरन्तर गीतसगीतमा समय दिने र छिट्टै अर्को गीतको लागी तयारी भइरहेको बताइन् ।
भिडियाे ः
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण
- मुक्तिनाथ विकास बैंक र यातायात व्यवसायी महासंघबीच सम्झौता, व्यवसायीलाई सहुलियत ब्याजदरमा कर्जा
- भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ अझै सम्पर्कविहीन
- रसुवा बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना
- प्रतिनिधिसभा बैठक आज, भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत हुने
- बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३ पुग्यो
- नेशनल लाइफ इन्स्योरेन्सद्वारा विपद् उद्धार कोषमा १ करोड ५१ लाख सहयोग


ट्रेन्डिङ
खबरमुकाम






