काठमाडौँ । सिजि इन्टरटेनमेन्टले आफ्नो स्थापनाको १३ वर्षपछि पुनः सक्रिय रुपमा कार्यक्रमहरु प्रस्तुत गर्ने भएको छ । विभिन्न गीत, छोटा चलचित्र तथा कथानक चलचित्र ‘भिसा–गर्ल’ उत्पादन र प्रसारण गरिसकेको सिजि इन्टरटेनमेन्टले अब आफ्नोे यु–ट्युब च्यानल शुरु गर्न लागेको हो ।
हरेक दिन केही न केही नयाँ खुराक प्रस्तुत गर्ने योजना अनुसार यही डिसेम्बर २२ तारिखदेखि हरेक शुक्रबार साँझ ८ बजे बसन्त चौधरीले प्रस्तुत, गर्ने कार्यक्रम ‘मनका कुरा विथ बसन्त चौधरीु सिजि इन्टरटेनमेन्टको आधिकारीक यूट्युव च्यानल मार्फत नियमित रुपमा प्रसारण हुनेछ ।
उक्त कार्यक्रममा विभिन्न क्षेत्रका चर्चित व्यक्तिहरुसँग अन्तरङ कुराकानी प्रस्तुत हुनेछ । सो कार्यक्रम उत्पादन गर्नका लागि सिजि इन्टरटेनमेन्टले आफ्नो छुट्टै स्टुडियोको स्थापना समेत गरिसकेको संस्थाका सह–अध्यक्ष हरिहर शर्माले जानकारी दिए ।
हाल ‘मनका कुरा विथ बसन्त चौधरी’ उत्पादन र प्रसारण गर्न लागेको सिजि इन्टरटेनमेन्टले आगामी जनवरीदेखि अन्य कार्यक्रम पनि शुरु गर्ने तयारी गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





