काठमाडौँ । प्रधानमन्त्री कप महिला टि–२० क्रिकेट प्रतियोगिताअन्तर्गत आज सम्पन्न खेलमा गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई पराजित गरेको छ । गण्डकी प्रदेश ४४ रनले विजयी भएको हो । जारी प्रतियोगितामा गण्डकीको यो पहिलो जित हो । बिहीबार खेलेको पहिलो खेलमा गण्डकी लुम्बिनी प्रदेशसँग चार विकेटले पराजित भएको थियो ।
माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गर्दै गण्डकी प्रदेशले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ४१ रन बनायो । जितका लागि एक सय ४२ रनको विशाल विजयी लक्ष्य पछ्याएको कर्णाली २० ओभरमा ६ विकेट गुमाउँदै ९७ रनमा समेटियो ।
गण्डकीका लागि अञ्जली विश्वकर्मा र ज्योत्स्निका मरासिनीको उत्कृष्ट साझेदारी गरे । अञ्जलीले ५१ रन बनाइन् । उनले ४८ बल खेल्ने क्रममा आठ चौका प्रहार गरिन् । यस्तै ज्योत्स्निकाले ४० बलमा पाँच चौका र एक छक्कासहित ५० रन बनाइन । यस्तै सुमन खतिवडाले १७ बलमा दुई चौका र एक छक्कासहित २२ रन बनाइन ।
बलिङतर्फ कर्णालीकी यमुना थारु र अन्जु गुरुङले दुई तथा रश्मी खड्काले एक विकेट लिइन् । यसैगरी कर्णालीका लागि ९७ रन बनाउने क्रममा गौरी बोहराले २६, यमुना थारुले २१ तथा तृसना विश्वकर्माले १९ रन जोडिन् ।
बलिङतर्फ गण्डकी प्रदेशकी रचना चौधरीले दुई तथा सुमन खतिवडा र ज्योत्स्निका मरासिनीले एक एक विकेट लिए । जारी प्रतियोगितामा कर्णालीको यो लगातार दोस्रो हार हो । यसअघि बिहीबार खेलेको पहिलो खेलमा कर्णाली कोशी प्रदेशसँग १० विकेटले पराजित भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- भोटेकोसी बाढीमा बेपत्ता ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन
- अत्यावश्यक अवस्थामा मात्र हेलिकप्टर प्रयोग गर्न प्राधिकरणको आग्रह
- अझै दुई दिन भारी वर्षाको सम्भावना, तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक
- रसुवा बाढीपीडितको सम्झनामा रुवान्डामा दीप प्रज्वलन
- भोटेकोसी बाढीमा बेपत्ता ७३४ जनाको शव फेला, कुन जिल्लामा कति ?
- चीनबाट दुई वाई–२० विमानमा राहत सामग्री र सुरुङ उद्धार विज्ञ नेपाल आए
- हिल्सा नाकाबाट फर्किने कैलाश मानसरोवर तीर्थयात्रीलाई पदयात्रा दस्तुर मिनाहा
- भोटेकोसीमा तत्काल ठूलो बाढीको जोखिम नरहेको महाशाखाको भनाइ



ट्रेन्डिङ
खबरमुकाम





