काठमाडौं । लामो समय पहिलेका चर्चित गायक निर्मलराज पौडेल १५ बर्षपछि पुन: गायनमै फर्किएका छन् । उनको गायनमा पुनरागमन ‘छम्म नाचौँ, छप्प नाचौँ’ बोलको गीतबाट भएको हो ।
श्रब्य सामग्रीको रुपमा रहेको सो गीतको हालै दृश्य सामग्री अर्थात म्यूजिक भिडियो छायांकन गरिएको छ । विशेष गरेर पर्वहरुमा नाच्ने शैलीमा तयार भएको गीतमा चर्चित कलाकारहरुले अभिनय गरेका छन् ।
गीतमा सरोज खनाल, बिजय लामा, रमेश उप्रेती, किरण केसी, राजाराम पौडैल, निर्मल शर्मा, धिरेन शाक्य, रबीन्द्र खड्का, गजित बिष्ट, गम्भिर बिष्ट, सुनिल शिलवाल, खुस्बु खड्का, गोपाल ढकाल छन्दे, रोहित कार्की लगायतका नयाँ र पुराना चर्चित कलाकारहरुले अभिनय गरेका छन् ।
विज्ञापन क्षेत्रमा लामो समयदेखि लागेका यस क्षेत्रका अगुवा पौडेल एडगुरु नामले समेत परिचित छन् । उनको यो पछिल्लो गीतमा निर्मलराज पौडेल को शब्द तथा स्वर, मनिष पौडेलको निर्देशन, गम्भीर बिष्टको कोरियोग्राफी, महेश पौडेलको छायांकन तथा माधव थापाले छायांकन तथा ब्यवस्थापन गरेका छन् । पौडेलकै रचना रहेको गीतलाई मोहित मुनालले सङ्गीत दिएकान छन् ।
३५ बर्ष अघि हलिउड र बलिउडका विभिन्न गीतलाई नेपाली शैलीमा परिमार्जन गरी गायन यात्रा सुरु गर्नुभएका पौडेलको ‘फेसन यो हो फेसन’ भन्ने गीत निकै चर्चित रहेको थियो । उहाँका ह्याप्पी लाईफ, सलल बगेको गण्डकी लगायतका गीतहरु चर्चित छन् ।
हालैमात्र पौडेलले नेपालमा विज्ञापनको इतिहास र वर्तमान अवस्था समेटेर विज्ञापनको इतिवृत्तान्त र यस पेशा र क्षेत्रप्रति आफ्नो अनुभव समेत समेटेर एक पुस्तक ‘वेलकम आरोह अवरोह’ प्रकाशन गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





