काठमाडौं । ३४ औं राष्ट्रिय भलिबल प्रतियोगितामा पुलिसलाई पराजित गर्दै एपीएफ क्लब सेमिफाइनल प्रवेश गरेको छ ।
सुर्खेतमा जारी प्रतियोगितामा आज भएको दुई विभागीय टिमबीको खेलमा पुलिसलाई ३–१ को सेटमा पराजित गर्दै एपीएफले अन्तिम चारमा स्थान बनाएको हो । एपीएफले २५–१७, २५–१५, २२–२५ र २५–२० ले पुलिसलाई हराएको हो ।
दुई समुहमा विभाजन गरि भइरहेको यस प्रतियोगितामा १० टोली सहभागी छन् । समुह ए मा दुई विभागीय टिम एपीएफ, नेपाल पुलिस, लुम्बिनी प्रदेश, कोशी प्रदेश र बागमती प्रदेश छन् । समुह बी मा भने त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र मधेश प्रदेश छन् ।
आजको खेलमा पुलिसलाई पराजित गरेको एपीएफ समुह विजेता बन्ने बलियो सम्भावना रहेको छ । एपीएफ ३ खेलमा ३ खेल जित्दै ९ अंक सहित समुह ए को शीर्षमा छ ।
प्रतियोगितामा दुई समुहका शिर्ष २ टोलीले सेमिफाइनल खेल्नेछन् । पुस २१ बाट सुरु भएर २६ गतेसम्म हुने यस प्रतियोगिता नेपाल भलिबल संघको आयोजना र कर्णाली भलिबल संघको व्यवस्थापनमा भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





