काठमाडौं । अनेरास्ववियू पशुपती बहुमुखी क्याम्पस कमिटीले क्याम्पसको रङरोकनका लागि क्याम्पस प्रसासनलाई दवावमुलक आन्दोलन अनुरुप रु १ संकलन अभियान गरेको छ ।
पशुपति क्याम्पसका प्रमुख बिनोद पन्तलाई उठेको रकम हस्तान्तरण गर्दै अनेरास्ववियू क्याम्पस कमिटीले अध्यक्ष बिज्ञान दहाले आफ्नो माग लाई बेवास्ता गरे थप शसक्त आन्दोलन गर्ने घोषणा गरेका छन् ।

क्याम्पस प्रशासन राजनितिक खिचातानी मा अल्मलिएको र सानो भन्दा सानो विद्यार्थीहरुको समस्या पनि हल गर्न आन्दोलनको सहारा लिनुपरेको विद्यार्थी नेता अनेरास्ववियू क्याम्पस कमिटी सचिव अशोक मिश्रको भनाइ छ ।
उनका अनुसार लाइब्रेरीमा पुस्तक नभएको बिसिए प्रोग्राम मा शुल्क अनुसारको सुभिधा नभएको क्याम्पसको वेबसाईट नचलेकोले विद्यार्थीले सास्ती खेप्नु परेको भन्दै थप रचनात्मक आन्दोलनमा उत्रिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





