आलमविरुद्धको मुद्दाको सुनुवाई रोकियो

काठमाडौं । पूर्वमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमविरुद्धको मुद्धा आज स्थगितको सूचीमा राखिएको छ । रौतहट जिल्ला अदालतमा आज अन्तिम सुनुवाइका लागि पेशी तोकिएको भए पनि फाँट नम्बर ५ को गोला कुनै पनि न्यायाधीशले नतानेपछि मुद्धा स्थगित सूचीमा परेको हो ।

७ न्यायाधीशको दरबन्दी रहेको रौतहट जिल्ला अदालतमा आइतबार दुई न्यायाधीश मात्रै उपस्थित भएका थिए । न्यायाधीश अभावमा उक्त मुद्दाको पेसी स्थगितमा परेको जनाइएको छ ।

 

रौतहटको राजपुरमा २०६४ चैत २७ गते भएको बम बिस्फोटका घटनामा संलग्न भन्दै प्रहरीले मोहम्मद अफताब आलम, शेख सेराज भन्ने शेख सराज, शेख फजलेहक, शेख भदई, मोहम्मद महताब आलम, सगिर आलम, बद्री सहनी, गौरीशंकर साह, मुक्ति साह, मोहद मोबिन आलम र शेख जुमइन भन्ने शेख मलकारविरुद्ध मुद्दा चलाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै