काठमाडौँ । राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले कोशी प्रदेशलाई हराएको छ । मूलपानीस्थित माथिल्लो क्रिकेट मैदानमा आज भएको खेलमा कर्णालीले कोशी प्रदेशलाई ६ विकेटले पराजित ग¥यो ।
यससँगै तेस्रो जित हासिल गरेको कर्णालीले छ खेलपछि छ अङ्क जोडेको छ । सात खेल खेलेको कोशी प्रदेश अङ्कविहीन छ । कोशीले प्रस्तुत गरेको एक सय ५२ रनको लक्ष्य कर्णालीले २८ दशमलव तीन ओभरमा चार विकेट गुमाउँदै पूरा ग¥यो ।
कर्णालीका लागि अर्जुन घर्तीले ४८ बलमा छ चौका र दुई छक्काको मद्दतमा अविजित ५० रन बनाए । यसैगरी विपीन शाहीले २८, हिमाङ्शु शाहीले अविजित २४, निश्चल रावलले २१ तथा कप्तान रवीन्द्र शाहीले १२ रन बनाए ।
कोशीका लागि हेमन्त राईले तीन विकेट लिए भने कमल खत्रीले एक विकेट झारे ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कोशीले ३४ दशमलव तीन ओभरमा सबै विकेट गुमाउँदै एक सय ५१ रन बनाएको थियो । उसका लागि सुजन थपलियाले ७३ बलमा आठ चौका र चार छक्काको मद्दतले ७३ रन बनाए । सौजन घिमिरेले १२ तथा आइश भट्टराईले ११ रन बनाए ।
कर्णालीका लागि दिनेश अधिकारीले चार विकेट लिए भने प्रकाश जैसीले तीन तथा दिवान पुनले दुई विकेट लिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- भोटेकोसी बाढीमा बेपत्ता ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन
- अत्यावश्यक अवस्थामा मात्र हेलिकप्टर प्रयोग गर्न प्राधिकरणको आग्रह
- अझै दुई दिन भारी वर्षाको सम्भावना, तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक
- रसुवा बाढीपीडितको सम्झनामा रुवान्डामा दीप प्रज्वलन
- भोटेकोसी बाढीमा बेपत्ता ७३४ जनाको शव फेला, कुन जिल्लामा कति ?
- चीनबाट दुई वाई–२० विमानमा राहत सामग्री र सुरुङ उद्धार विज्ञ नेपाल आए
- हिल्सा नाकाबाट फर्किने कैलाश मानसरोवर तीर्थयात्रीलाई पदयात्रा दस्तुर मिनाहा
- भोटेकोसीमा तत्काल ठूलो बाढीको जोखिम नरहेको महाशाखाको भनाइ



ट्रेन्डिङ
खबरमुकाम





