काठमाडौं । चीनका उच्च कूटनीतिज्ञ वाङ यीले र अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानबीच शुक्रबार थाइल्याण्डमा भेटवार्ता हुने भएको छ ।
बेइजिङ र वासिङ्टनबीच हालैका वर्षहरूमा प्रविधि, व्यापारदेखि मानव अधिकारका विषयका साथै ताइवान र साउथ चाइना सीका विषयमा प्रतिस्पर्धात्मक दाबीका मुद्दाहरूमा टकराव भएको छ ।
दशकौँ यताको सबैभन्दा खराब सम्बन्ध सुधारका लागि राष्ट्रपति जो बाइडेनले गत नोभेम्बरमा सान फ्रान्सिस्कोमा चिनियाँ समकक्षी सी चिनपिङसँग भेटवार्ता गरेका थिए ।
‘चीन र संयुक्त राज्य अमेरिकाको सहमतिअनुसार वाङ यीले संयुक्त राज्य अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार सुलिभानसँग बैंककमा नयाँ चरणको बैठक गर्नुहुनेछ,’ बेइजिङको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
अमेरिकाले शुक्रबार र शनिबार वार्ता हुने जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





