काठमाडौं । चीनका उच्च कूटनीतिज्ञ वाङ यीले र अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानबीच शुक्रबार थाइल्याण्डमा भेटवार्ता हुने भएको छ ।
बेइजिङ र वासिङ्टनबीच हालैका वर्षहरूमा प्रविधि, व्यापारदेखि मानव अधिकारका विषयका साथै ताइवान र साउथ चाइना सीका विषयमा प्रतिस्पर्धात्मक दाबीका मुद्दाहरूमा टकराव भएको छ ।
दशकौँ यताको सबैभन्दा खराब सम्बन्ध सुधारका लागि राष्ट्रपति जो बाइडेनले गत नोभेम्बरमा सान फ्रान्सिस्कोमा चिनियाँ समकक्षी सी चिनपिङसँग भेटवार्ता गरेका थिए ।
‘चीन र संयुक्त राज्य अमेरिकाको सहमतिअनुसार वाङ यीले संयुक्त राज्य अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार सुलिभानसँग बैंककमा नयाँ चरणको बैठक गर्नुहुनेछ,’ बेइजिङको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
अमेरिकाले शुक्रबार र शनिबार वार्ता हुने जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशमा रहेका प्रतिनिधिले एपबाटै मत हाल्न पाउने
- इजरायल–हिजबुल्लाबीच पनि युद्धविराम, तनाव भने कायमै
- लगातार दोस्रो हारसँगै टर्की विश्वकपबाट बाहिरियो
- रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनः शीर्ष नेताहरु पुगे चितवन
- सहकारी ठगी बाहेकका रवि लामिछानेका मुद्धा सबै अदालतबाट फिर्ता
- रास्वपा महाधिवेशनको असर प्रतिनिधिसभामा, बैठक ११ गतेसम्म स्थगित
- चिडियाखाना अनिश्चितकालका लागि बन्द, यस्तो छ कारण
- राप्रपामा दुर्गा प्रसाईंको तरंग, काठमाडौं जिल्ला समितिमा पहिरो



ट्रेन्डिङ
खबरमुकाम







