काठमाडौं । खानीखोला गाउँपालिका काभ्रेपलान्चोकको आयोजनामा आदिइत्यादिको प्रस्तुति रहेको चेतनामूलक सडकनाटक ‘कामकुरो'को प्रदर्शनी आजबाट सुरु हुने भएको छ ।
आज आइतबार माघ १४ गतेदेखि माघ १८ गतेसम्म उक्त गाउँपालिका भित्रका विभिन्न सामुदायिक विद्यालयहरुमा नाटक प्रदर्शन हुने भएको हो ।
पुरु लम्सालको लेखन तथा निर्देशन रहेको नाटक 'कामकुरो'को प्रदर्शन आज गाउँपालिकाको बुद्ध मा.वि. धाप्लेमा विहान १०ः ३० र जनहित मा.वि. महाकाँलमा दिउँसो २ बजे प्रदर्शन हुने भएको छ ।
त्यस्तै, भोलि माघ १५ गते बालविकास मा.वि. फलामेटार र धार्ने ज्योति मा.वि.धार्ने, मा १६ गते भृकुटी मा.वि. सौरे र कुमारी मा.वि. जगथली, माघ १७ गते शारदा मा.वि. देउराली र १८ गते जनविकास मा.वि. ताल्ढुङ्गामा नाटक प्रदर्शन हुनेछ ।
नाटकमा सुशीलसिंह ठकुरी, दीपमाला परियार, दिवाकर घिमिरे, सागर कार्की, शान्ति भट्टराई, प्रज्ज्वल अधिकारी र अन्जना दुलालको अभिनय रहेको छ ।
नाटकमा उपभोक्ता समितिको विषयमा, बालविवाह, किशोरकिशोरीको स्वास्थ्य, शिक्षा, र विशेष गरेर स्थानीय उत्पादनमा जोड दिनु पर्छ भन्ने विषयलाई समेटिएको छ । वैदेशिक रोजगारीका लागि विदेशीएर नेपाल फर्किएका युवाहरुले सिकेको सिपलाई प्रयोग गरी स्वदेशमा नै केही गर्नुपर्छ र गर्न पनि सक्छन् भन्ने यो नाटकले सन्देश दिएको छ । साथै,अहिले अधिकांश अभिभावकहरुले आफ्नो बालबच्चाहरुलाई समय दिएको देखिदैन । जसले गर्दा उनीहरुको स्वास्थ्य देखि शिक्षासम्म असर परिरहेको हुन्छ । त्यसैले अभिभावकहरुले किशोरकिशोरीहरुका लागि समय दिनु अतिआवश्यक छ भन्ने विषयलाई पनि नाटकमा समेटिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





