काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको अध्यक्षमा रतन लाल केडिया चयन भएका छन् । यही माघ ११ गते सम्पन्न भएको बार्षिक साधारणसभापछि बसेको पहिलो सञ्चालक समितिको बैठकबाट केडिया अध्यक्षमा चयन भएका हुन् । हिजो एक कार्यक्रमका बीचमा कार्यभार सम्हाल्दै अध्यक्ष केडियाले लगानीकर्ताको मनोभावना र बीमितको विश्वासलाई डगमगाउन नदिई उत्कृष्ट कम्पनी बनाउने प्रतिबद्धता जनाएका छन् । सिईओ शिवनाथ पाण्डे तथा सञ्चालक समितिका सदस्यहरुका उपस्थितिका बीचमा पदभार ग्रहण गर्दै अध्यक्ष केडियाले लगानीकर्ताले विश्वास गरेर सुम्पिएको जिम्मेवारी पुरा गर्ने बताए ।
गत बिहिवार सम्पन्न छैठौं वार्षिक साधारण सभाबाट सञ्चालकहरुमा रतनलाल केडिया, कुमार प्रसाद कोइराला, भरत कुमार तोदी, डा. सुवर्ण दास श्रेष्ठ, केशव राज के.सी. र परिक्षीत खेम्का निर्विरोध निर्वाचित भएका थिए । बार्षिक साधारणसभाको भोलिपल्ट बसेको कम्पनीको पहिलो सञ्चालक समिति बैठकले केडिया अर्गनाईजेशनका संस्थापक तथा नेपालको उद्यमी तथा समाजसेवी रतन लाल केडियालाई सञ्चालक समितिको अध्यक्षको रुपमा नियुक्त गरेको हो ।
अध्यक्षमा चयन भएका रतन लाल केडियाले हिजो सोमबार नियामक निकाय नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल समक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । अध्यक्ष केडियाले शपथ बीमा प्राधिकरण पुगेर शपथ लिए लगत्तै पदभार ग्रहण गरेका छन् । अध्यक्ष केडियाले हिजै साधारणसभाबाट नियुक्त भएका अन्य सञ्चालकहरुलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका छन् । शपथ लिएका अन्य पाँच जना सञ्चालकहरुले पनि हिजै पदभार ग्रहण गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- आज घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
- सरकार र हिन्दूवादी सङ्गठनबीच १३ बुँदे सहमति, आन्दोलन स्थगित
- इरानमाथिको आक्रमण रोकिएको ट्रम्पको दाबी
- दुई दिन धेरै भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो
- हाँस्य विधाबाट समाज बदलिरहेका अमृतको सफलता
- हिमपहिरोमा परेर विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधन
- कांग्रेस फुट्ने पक्का, देउवा पक्षले बनायो राष्ट्रिय भेला आयोजक समिति
- जनकपुरधाममा सद्भाव र्याली, ‘हामी सबै एक हौँ’ भन्दै नाराबाजी

ट्रेन्डिङ
खबरमुकाम







