खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिकाले आयोजना गरेको अन्तरमाध्यमिक विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा महेन्द्रोद्वय मावि प्रथम भएको छ । चौधवटा मावि सहभागी भएको सो प्रतियोगितामा छ स्वर्ण, छ रजत र दुई कास्य पदकसहित वडा नं २ ओख्रेडाँडागाउँको उक्त विद्यालय प्रथम भएको हो ।
प्रतियोगितामा चार स्वर्ण, चार रजत र दुई कास्य पदकसहित छोरम्बूस्थित शान्ति मावि दोस्रो भएको छ भने तीन स्वर्ण, चार रजत र तीन कास्य पदकसहित डाँडाखर्कस्थित सरस्वती मावि तेस्रो भएका छन् । माघ १२ गतेदेखि सुरु भएको सो प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयले क्रमशः रु १५, रु १२ र रु नौ हजारसहित शिल्ड, पदक र प्रमाणपत्र प्राप्त गरेको विद्यालय निरीक्षक रणशेर तामाङले जानकारी दिनुभयो । विजयी विद्यालय तथा विद्यार्थीलाई सोमबार गाउँपालिका प्रमुख लोकेन्द्र राईले पुरस्कार प्रदान गरे ।
अन्तरमाविस्तरीय प्रतियोगितामा प्रथम भएका तथा छनौट परेका विद्यार्थीले जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा सहभागी हुने पाउने जनाइएको छ । दश स्थानीय तह रहेको जिल्लामा जिल्लास्तरीय प्रतियोगिता यही माघ २७, २८ र २९ गते दिक्तेलमा हुने जिल्ला खेलकुद विकास समितिका प्रमुख लीलाभक्त केसीले जानकारी दिए । तेह्रौँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताअन्तर्गत जिल्लास्तरीय छनौट प्रतियोगिताको उपाधि केपिलासगढी गाउँपालिकाले उचालेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





