चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले टोल–टोलबाट खेलाडी उत्पादन गर्न मेयर कप क्रिकेट लिग आयोजना गरिएको बताएकी छन् ।
बुधबार सिद्धार्थ माध्यमिक विद्यालय भरतपुर २४ को ४४ औं वार्षिकोत्सव तथा अभिभावक दिवसलाई सम्बोधन गर्दै प्रमुख दाहालले ‘ग्रास लेभल’ बाट खेलाडी उत्पादन गर्न यही माघ २६ देखि मेयर कप विद्यालयस्तरीय क्रिकेट हुन लागेको स्पष्ट पारिन् ।
‘३ महिनासम्म प्रतियोगिता हुन्छ। प्रतियोगिता प्रशिक्षण पनि हुनेछ। खेलकुदका पूर्वाधार भरतपुरमा धेरै बनेका छन्। खेल खेलाउन बाहिरबाट खेलाडी ल्याउन नपरोस् भनी लिग हुन लागेका हो, ’ उनले भनिन् ।
गौतमबुद्ध क्रिकेट रंगशालाको नमूना क्रिकेट मैदानमा हुने खेलमा १० वटा सामुदायिक विद्यालय र १० वटा संस्थागत विद्यालय सहभागी हुनेछन् । प्रमुख दाहालले अहिले विद्यालयस्तरीय क्रिकेट लिग हुन लागेको भएपनि आगामी दिनमा फुटबल, भलिबललगायतका खेलको लिग हुने उल्लेख गरिन् ।
महानगरपालिकाले शिक्षासँगै रचनात्मक कार्यलाई सँगै अगाडि बढाउनुपर्छ भन्ने उद्देश्यले व्यवहारिक शिक्षालाई जोड दिएको प्रमुख दाहालको भनाइ छ । वार्षिकोत्सवको अवसरमा वडा नम्बर २४ को कार्यालयबाट विपन्न तथा जेहेन्दार छात्राहरुलाई साईकल वितरण गरिएको थियो ।
भरतपुर वडा नम्बर २४ का रामबहादुर गोदारले सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्न शिक्षक, विद्यार्थी र अभिभावकको त्रिपक्षीय सहकार्य हुन जरुरी रहेको बताए । वडा नम्बर २४ ले आधारभूत तहका विपन्न, दलित, जेहेन्दार, जनजाति विद्यार्थीलाई निःशुल्क कोचिङ कक्षा, छात्रावृत्ति स्वरूप विद्यालय पोषाक प्रदान गर्दै आइरहेको अध्यक्ष गोदारको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





