भरतपुर । भरतपुर मेयर कप अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको नकआउट चरणको खेल तालिका सार्वजनिक भएको छ । चैत २६ गतेदेखि सुरु हुने प्रतियोगितामा सहभागी २० विद्यालयलाई दुई समूहमा विभाजन गरिएको छ ।
प्रतियोगितामा सहभागी १० सामुदायिक विद्यालय समूह ‘ए’ मा छन् भने बाँकी १० निजी विद्यालय समूह ‘ख’ मा छन् । माघ २६ देखि फागुन १ गतेसम्म हरेक दिन २ वटा खेल खेल्ने तालिका तयार गरिएको छ ।
नकआउट चरणका विजेता ५ सामुदायिक र ५ निजी विद्यालयले मेयर कप लिग खेल्नेछन् । राउण्ड रोबिनका आधारमा लिग चरणका खेलहरु फागुन ४ गतेबाट सुरु हुने सहआयोजक चितवन जिल्ला क्रिकेट संघका अध्यक्ष सुदीप पियालेले जानकारी दिए ।
प्रतियोगिताको मूल प्रायोजक विज्ञ शिक्षा र बिजा सर्भिसेजले प्रतियोगितामा सहभागी १० सामुदायिक विद्यालयलाई आवश्यक खेल सामग्री र खेल जर्सी उपलब्ध गराउन थालेको छ । आयोजक भरतपुर महानगरपालिकाले आगामी चैत ११ गते आयोजना गरेको कार्यक्रममा चितवनका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले खेलकुदका सामाग्री र जर्सी हस्तान्तरण गरेको जानकारी दिए । महानगरलाई विज्ञहरुले रु ८ लाख ६० हजार बराबरको खेल सामग्री र जर्सी हस्तान्तरण गरेका छन् ।
ग्रासरुट क्रिकेटको विकास गर्न भरतपुर महानगरपालिकाले आफ्नो वार्षिक बजेटमा मेयर कप समावेश गरेको छ । भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले यसलाई निरन्तर विस्तार गर्ने योजना रहेको बताएकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





