काठमाडाैं । आफ्नो अन्तिम खेलमा नेपालले भारतविरुद्ध टस हारेको छ । सुपर सिक्स अन्तर्गतको अन्तिम खेलमा टस हारेसँगै नेपाल सेमिफाइनल नजिक रहेको भारतविरुद्ध पहिले फिल्डीङ गर्ने भएको छ । भारतले केहीबेरपछि पहिले ब्याटिङ गर्नेछ ।
दक्षिण अफ्रिकामा जारी आईसीसी यू-१९ विश्वकप क्रिकेटको प्रतियोगितामा नेपाल सुपर सिक्सका खेल खेल्नु अगावै प्रतियोगिताबाट बाहिरिएको थियो । यद्यपि, पहिलो खेलमा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भएको थियो । भारत अपराजित रहँदै ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा छ । भारत नेपालविरुद्ध झिनो अन्तरले हारेपनि सेमिफाइनल पुग्ने सम्भावना रहेको छ ।
विश्वकपमा नेपाल र भारतबीच यो तेस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो । यसअघि नेपाल सन् २००० मा ८ विकेट र २०१६ मा ७ विकेटले पराजित भएको थियो । नेपालले आफ्नो इतिहासमा भारतलाई २०१७ को यू-१९ एसियाकपमा पहिलो पटक हराएको थियो । तर त्यसपछि भने नेपालले भारतलाई हराउन सकेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





