काठमाडौं । भुमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठ चौधरीले नापी कार्यालय मलंगवाका कर्मचारी सवार गाडी दुर्घटनामा परि मृत्युु भएका कर्मचारीको परिवारका सदस्यलाई रोजगारीको व्यवस्थापन गर्न निर्देशन दिएकी छिन् ।
आज मन्त्रालय स्तरीय बैठकमा मन्त्री श्रेष्ठले दुर्घटना प्रति दुख व्यक्त गर्दै मृतक परिवारलाई राहत स्वरुप रोजगारी तथा घाइतेको उपचारका लागि आवश्यक कदम चाल्न मातहतका कर्मचारीलाई निर्देशन दिएकी हुन् । बैठकमा मन्त्री चौधरी, मन्त्रालयका सचिव गोकर्णमणि दुवाडी, नापी विभागका निर्देशक प्रकाश जोशी लगायतका कर्मचारीहरु उपस्थित थिए ।
बैठकमा मन्त्री चौधरीले मृतकका परिवारलाई भेटेर परिवार भित्रका एक सदस्यलाई रोजगारी दिने र गम्भीर घाइतेहरुलाई हेलिकप्टर मार्फत काठमाडौं ल्याइ थप उपचार गर्न निर्देशन दिएकी हुन् ।
सोमबार राति नवलपुर–मलंगवा सडकखण्डमा सदरमुकाम मलंगवाबाट नवलपुरतर्फ आउँदै गरेको नापी कार्यालयका कर्मचारी सवार बीआर ०६ पिडी ९६४८ नम्बरको सफारी गाडी नवलपुरतर्फ नै उखु बोकेर आउँदै गरेको ज २ त १०६७ नम्बरको ट्याक्टरमा पछाडिबाट ठोक्किएर दुर्घटना भएको थियो ।
दुर्घटनामा परि गम्भीर घाइते भएका बागमती नगरपालिका–११, कर्मैयाका ४५ वर्षीय विनोद घिमिरेको मृत्यु भएको छ । घिमिरेको एलेक्स न्युरो अस्पताल कलैयामा मृत्यु भएको प्रहरीले जनाएको छ । घिमिरे नापी कार्यालयको कार्यालय सहयोगी थिए ।
दुर्घटनाका अन्य १० घाइतेमध्ये ५ जनाको कलैयामा, ४ जनाको वीरगन्ज र एक जनाको मलंगवामा उपचार भइरहेको छ । नापी कार्यालय प्रमुख सन्जय मानन्धरसहित केही घाइतेको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





