काठमाडाैं। नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का सन्न्यासपछि पहिलोपटक मैदानमा फर्किने भएका छन् । उनी सन् २०१४ को टी–२० आई विश्वकप टोलीको नेतृत्व गर्दै मैदान फर्किने भएका हुन् ।
पारस रूपन्देहीको तिलोत्तमामा निर्माणधीन ‘एक्स्ट्राटेक ओभल’ मैदानको उद्घाटनको अवसरमा यही १४ फागुनमा हुने मैत्रीपूर्ण खेलमा मैदानमा देखिनेछन् । टी–१० प्रारूपमा हुने प्रतियोगितामा नेपालले सन् १९९६ मा पहिलोपटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दाको टोली, २०१४ को टी–२० विश्वकप खेलेका खेलाडी, रेष्ट अफ नेपाल र रूपन्देही लेजेन्ड्सको गरी चार टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
पारसले तीन वर्षअघि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका थिए । संन्यासपछि उनले घरेलु मैदानमा क्रिकेट खेलेका छैनन् । यद्यपि पारसले गत मार्चमा कतारको दोहामा आयोजित लेजेन्डेस् क्रिकेट लिग भने खेले । सो लिगमा उनी मास्टर्स एसिया लायन्समा आबद्ध थिए । पारस हाल नेपाल क्रिकेट संघ (क्यान) को सचिवको जिम्मेवारीमा छन् ।
टी–१० शैलीको प्रतियोगितामा पारससहित पूर्वखेलाडी एलबी क्षेत्री, कलाम अली, हरिबहादुर थापा, शक्ति गौचनलगायतले पनि खेल्नेछन् । यो प्रतियोगिता हुने मैदान अस्ट्रेलियामा बस्दै आएका विनोद कुँवरको लगानीमा निर्माण भएको हो ।
तिलोत्तमा नगरपालिका–१७ मा निर्माण भएको एक्स्ट्राटेक ओभल मैदान बनाउन ४० करोड रुपैयाँ खर्च लागेको बताइएको छ । मैदानको ब्रान्ड एम्बेस्डरसमेत रहेका पूर्वक्रिकेटर शक्ति गौचनले छोटो समयमा पनि मैदानको निर्माण हुँदा ‘एउटा मिराकल’ नै भएको जस्तो लागेको बताए । यो मैदान निर्माण भएपछि नेपाली क्रिकेटलाई नयाँ उचाइमा पूरा पुर्याउन मद्दत पुग्ने पनि शक्तिको विश्वास छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- भारत गए रास्वपा सभापति लामिछाने
- भाद्र ९ देखि १४ सम्म हुने नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्ला
- प्रधानमन्त्री बालेन अभिव्यक्तिको तरंग, माफी माग्न झलनाथ खनालको चेतावनी
- रास्वपा सभापति लामिछाने आजदेखि भारत भ्रमणमा
- प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, बजेटमाथि छलफलको कार्यसूची
- अर्थमन्त्री वाग्लेले बजेटका विषयमा पत्रकारहरुसँग सवाफ जवाफ गर्ने
- फुटको संघारमा राप्रपा, तीन पूर्वअध्यक्षले निकाले यस्तो विज्ञप्ति
- आज संघीय संसदका दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची



ट्रेन्डिङ
खबरमुकाम





