काठमाडौं । कालिकास्थान स्थित सर्वनाम थिएटरमा यहि माघ २७ गतेदेखि नाटक ‘द डिपाचर’ को मञ्चन सुरु भएको छ । प्रेम र समर्पणमा रूमलिएको परिवार र प्रेमिल जोडी बिचको मनस्थिती र परिस्थितिको एउटा कथा समेटेर नाटक तयार पारिएको छ ।
नरेन भट्टराईले लेखेको नाटक ‘द डिपाचर’ मा परिस्थितिले परिवार र प्रेमीको माया छाडेर बिदेशीनु पर्नेको कथालाई समेटिएको छ । कृष्ण खड्काको परिकल्पना तथा निर्देशनमा तयार भएको नाटकमा फर्कनेहरूको आसमा बसेका पर्खनेहरूको पीडालाई उत्कृष्ट ढंगले प्रस्तुत गरिएको छ ।
‘द डिपाचर’ मा नरेन भट्टराई , शोभा कार्की , मुकेश हमाल, धिरज थापामगर , स्वस्थानी राउत, सुरज पराजुली , विध्यक तिलकको अभिनय रहेको छ । माघ २७ गतेदेखि मञ्चन भएको नाटक फागुन ५ गते सम्म हरेक दिन साँझ ५ बजे र शनिबार दिउँसो १ बजे अतिरिक्त शो मञ्चन हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





