शनिबार काठमाडौंको भद्रकालीमा भिक्षुमाथि दुर्व्यवहार गर्ने प्रहरी विभागीय कारबाहीमा पर्ने भएका छन् ।
नेपाल प्रहरीले आइतबार सूचना जारी गर्दै भिक्षुमाथि दुर्व्यवहार भएकोबारे गम्भीर ध्यानाकर्षण भएको बताएको हो ।
‘चैत २४ गते काठमाडौं, भद्रकाली (निषेधित क्षेत्र) मा प्रहरी कर्मचारीद्वारा एक भिक्षुमाथि भएको दुर्व्यवहारको सम्बन्धमा नेपाल प्रहरी प्रधान कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ ।
साथै, उक्त घटनामा संलग्न प्रहरी कर्मचारी उपर विभागीय कारबाही प्रक्रिया अगाडि बढाइ सकिएको व्यहोरा समेत जानकारी गराउँछौं,’ प्रहरी मुख्यालयले जारी गरेको सूचनामा भनिएको छ ।
शनिबार राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति अभियानले भद्रकाली क्षेत्रमा प्रदर्शन गरेको थियो ।
निषेधित क्षेत्र तोड्ने क्रममा केहीबेर दोहोरो झडपसमेत भएको थियो। प्रहरीले बल प्रयोग गर्दा भिक्षुमाथि दुर्व्यवहार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





