काठमाडौं । गायिका खुसी थुलुङको पहिलो गीतिसङ्ग्रह ‘खुसीका रङ्गहरू’ सार्वजनिक भएको छ । सोमबार दरबारमार्गमा एक कार्यक्रमको आयोजना गरी उनले गीतिसङ्ग्रहसँगै म्युजिक भिडियो ‘प्रेमको अर्थ’ औपचारिक रूपमा सार्वजनिक गरेकी हुन् ।
गीतिसङ्ग्रह पूर्वपर्यटनमन्त्री सुदन किराँतीले औपचारिक रूपमा सार्वजनिक गरेको हुन् । उनले सार्वजनिक गीतिसङ्ग्रहलाई सफलताको शुभकामना दिँदै गायिका खुसीको कामको प्रशंसा गरे ।
उनले भने, ‘म गीतसङ्गीत धेरै बुझ्दिनँ तर राम्रो आवाज भएका, कला भएका सर्जकलाई प्रोत्साहन गर्न उपस्थित हुन्छु । खुसी बहिनीले गीतसङगीतलाई निरन्तरता दिएर अगाडि बढ्नु पर्छ, निकै सुमधुर स्वर रहेको छ ।’
गायिका खुसीले आफ्नो पहिलो गीतिसङ्ग्रह सार्वजनिक समारोहमा पाएको माया, हौसला र प्रतिक्रियाले थप कामका लागि हौसला मिलेको बताइन् । कृतज्ञता व्यक्त गर्दै उनले भनिन्, ‘मेरो पहिलो प्रयासमा पाएको हौसलालाई आगामी दिनमा प्रयोग गर्ने छु । गीतसङ्गीतको नयाँ मान्छे तर यस्तै प्रतिक्रियाले मलाई निरन्तरता दिन र गन्तव्यमा पुग्न प्रोत्साहन दिएको छ ।’
उनले सङ्ग्रहमा आठ गीत सङ्ग्रहित भएता पनि पहिलो गीत ‘प्रेमको अर्थ’ मात्र सार्वजनिक गरेकी छिन् । उक्त गीतमा क्रान्ति सुब्बाको शब्द र हरी लम्सालको सङगीत रहेको छ । गीतको भिडियोमा रुक्मान लिम्बू र करिश्मा श्रेष्ठले अभिनय गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण
- मुक्तिनाथ विकास बैंक र यातायात व्यवसायी महासंघबीच सम्झौता, व्यवसायीलाई सहुलियत ब्याजदरमा कर्जा
- भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ अझै सम्पर्कविहीन
- रसुवा बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना
- प्रतिनिधिसभा बैठक आज, भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत हुने
- बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३ पुग्यो
- नेशनल लाइफ इन्स्योरेन्सद्वारा विपद् उद्धार कोषमा १ करोड ५१ लाख सहयोग


ट्रेन्डिङ
खबरमुकाम






