महालक्ष्मी विकास बैंकको ३० औँ वार्षिकोत्सबको अवसरमा आयोजित महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२४– संस्करण ३ का विजेताहरुलाई पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । यहि जेठ २२ गते मंगलबार देखि २४ गते बिहिबार (तिन दिन) सम्म इमाडोल स्थित बलपार्क स्पोर्ट्स इभेन्ट्स एण्ड एकेडेमीमा सम्पन्न उक्त प्रतियोगिताको उपाधि प्राइम कमर्सियल बैंक लिमिटेडले जित्न सफल भएको छ भने आइ.सि.एफ.सि. फाइनान्स लिमिटेडले द्वितीय स्थान हासिल गर्न सफल भएको छ । उक्त प्रतियोगितामा विभिन्न बैंक तथा वित्तीय संस्थाका १६ टिमले सहभागिता जनाएका थिए ।
नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर श्री बम बहादुर मिश्रको प्रमुख आतिथ्यतामा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा विजेता प्राइम कमर्सियल बैंक, द्वितीय आइ.सि.एफ.सि. फाइनान्स, उत्कृष्ट फिल्डर प्राइम कमर्सियल बैंकका विवेक डाली, उत्कृष्ट विकेट–किपर माछापुछ्रे बैंकका निशेस के.सी, उत्कृष्ट बलर एभरेष्ट बैंकका रोशन महत, उत्कृष्ट ब्याट्सम्यान एनएमबी बैंकका अनिल बर्तौला, उत्कृष्ट खेलाडी आइ.सि.एफ.सि.फाइनान्सका सुरज तिमिल्सिनालाई ट्रफी प्रदान गरिएको छ । उक्त कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर श्री बम बहादुर मिश्रले यस क्रिकेट लिग लगायत अन्य सामुहिक खेलले बैंक तथा वित्तीय संस्थाहरु बिच भाइचारा, आत्मियता, सद्धभाव, मित्रता बढाउन थप सहयोग पुग्नुका साथै कर्मचारीहरुलाई बैंकिङ गतिविधिमा मात्रै सिमित नराखी उनिहरुलाई मनोञ्जन प्रदान गर्न र उत्पादनशीलतामा वृद्धि गर्न मद्दत पुग्ने बताउनुभयो । नेपाली क्रिकेटको विकासको लागि सम्पुर्ण संस्थाले आफ्नो क्षेत्रबाट योगदान पुर्याउन समेत आग्रह गर्नुृभयो ।
कार्यक्रममा बोल्दै महालक्ष्मी विकास बैंक लिमिटेड तथा उक्त कार्यक्रमका अध्यक्ष श्री राजेश उपाध्यायले खेलमा हार र जित स्वभाविक प्रक्रिया रहेको र यस्ता खेलहरुले कर्मचारीहरुमा समुह निर्माण गर्न, समुहमा नेतृत्वदायी भुमिका निर्वाह गर्न, कार्यकुशलतामा अभिवृद्धि गर्न मद्दत पुर्याउने हुदा समयसमयमा यस्ता गतिविधि सञ्चालन गर्न जरुरी रहेको बताउनुभयो ।
महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२४–संस्करण ३ का सम्पुर्ण प्रायोजकहरु, सहभागी बैंक तथा वित्तीय संस्थाहरु, प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा कार्यक्रम सम्पन्न गर्न सहयोय गर्नुभएका व्यक्ति÷सस्ंथाहरुलाई बैैंक हार्दिक आभार व्यक्त गर्न चाहान्छ । साथै ३० औँ वर्षमा प्रवेश गरेको सुखद अवसरमा बैंकले आदरणीय ग्राहक महानुभाव, शेयरधनी, नियमनकारी निकायहरुलाई कृतज्ञता जाहेर गरेको छ । आदरणीय शेयरधनी, ग्राहकवर्ग, नियामक निकाय, एवम् शुभचिन्तकहरुको विश्वास, स्नेह, सद्भाव र मार्गनिर्देशनको लागि यस बेंकले कृतज्ञता व्यक्त गर्नुका साथसाथै ग्राहकको सन्तुष्टि र संस्थागत सुशासन आत्मसात् गर्दै भविष्यमा अझ सरल, सहज र विश्वसनीय र आधुनिक बैकिङ्ग सेवाको पहुँच आफ्नो गा्रहकको माझ पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- भारत गए रास्वपा सभापति लामिछाने
- भाद्र ९ देखि १४ सम्म हुने नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्ला
- प्रधानमन्त्री बालेन अभिव्यक्तिको तरंग, माफी माग्न झलनाथ खनालको चेतावनी
- रास्वपा सभापति लामिछाने आजदेखि भारत भ्रमणमा
- प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, बजेटमाथि छलफलको कार्यसूची
- अर्थमन्त्री वाग्लेले बजेटका विषयमा पत्रकारहरुसँग सवाफ जवाफ गर्ने
- फुटको संघारमा राप्रपा, तीन पूर्वअध्यक्षले निकाले यस्तो विज्ञप्ति
- आज संघीय संसदका दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची



ट्रेन्डिङ
खबरमुकाम





