काठमाडौं । अमेरिका निवासी गायक हर्क चाम्लिङले नयाँ सांगीतिक सौगात जवानी लिलाम भो सार्वजनिक गरेका छन्। मुनाल शिशिर कोइरालाको शब्द रहेको यस गीतमा संगीत वसन्त सापकोटाको संगीत रहेको छ।
गीतलाई पुस्कर सुनुवारले संगीत संयोजन गरेका हुन्।राजनीति भित्रको फोहरको कथामा आधारित रहेर म्युजिक भिडियोको कथा तयार पारिएको छ।
भिडियोमा दिक्पाल कार्की, जी।वी। चिरन, चिरन्जीवी सापकोटा, अस्मिता जुरेली, समीप निरौला, राज कुमार, गौरव हमाल, मनिसा लामा, जितेन्द्र रावल, आशा खत्री, अञ्जु गुरुङ र समिक्षा सानुको अभिनय रहेको छ।
राजेश घिमिरेले छायाँकन गरेको भिडियोलाई अर्जुन पोखरेलले सम्पादन गरेका छन् । देवी राई निर्मात्री रहेको यस म्युजिक भिडियोलाई मुनाल शिशिर कोइरालाको निर्देशनमा तयार पारिएको हो। भिडियो गायक चाम्लिङको युट्युव च्यानल ुहर्क चाम्लिङ अफिसिएलु मार्फत सार्वजनिक गरिएको हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





