काठमाडौं। उद्योग वाणिज्य संघ नागार्जुन नगरपालीका गठन भएको छ । स्थानीय व्यवसायी तथा दाता विनायक म्यानेजमेण्ट प्रालीका अध्यक्ष तुलसीराम थापाको अध्यक्षतामा संघ गठन भएको हो ।
नागार्जुन नगरपालीकाका अध्यक्ष मोहन बस्नेतको प्रमुख आतिथ्यतामा गठन भएको संघले निकट भविष्यमा नागार्जुन नगरपालीका भित्र रहेका सम्पूर्ण व्यवसायीहरुलाई समेट्ने योजना बनाएको छ । नेपाल उद्योग वाणिज्य संघको काठमाडौं जिल्लाको सदस्यका रुपमा यो संघ गठन भएको हो ।
नवगठित संघका वरिष्ठ उपाध्यक्षमा प्रेमलाल श्रेष्ठ, उपाध्यक्षहरु शुक्र बहादुर तामाङ र रमेश प्रसाद गौतम, महासचिव पप्पु गोतामे, सचिवहरु मुस्कानराज गौतम र रुपेश रिमाल, कोषाध्यक्षमा अमरावती बलामी मर्हजन तथा सदस्यहरुमा अनुराधा जैसवाल गुरुङ, शिवहरी खड्का, रामकृष्ण बलामी, ईश्वर श्रेष्ठ, आशाजित शाक्य, नारायण तिमिल्सिना, प्रज्वल खत्री, राजिव बस्नेत, सुरेश श्रेष्ठ, ईश्वर राज बलामी, हेमराज बराल, मंगलाल नगरकोटी, सुरेन्द्र बसेल र सदस्य सचिवका रुपमा नारायण प्रसाद तिमिल्सिना मनोनयन भएका छन् ।
नगरपालीकामा हाल व्यवसायीको ३५ अर्ब भन्दा बढी रकम लगानी रहेको र यसको सुरक्षा ग्यारेण्टी सहित व्यवसायीको हक र अधिकारको निम्ती सघं गठन गरिएको अध्यक्ष थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





