काठमाडौं - । गीतकार प्रीतम श्रेष्ठको आफ्नै संगीत र शब्द रहेको तीजको नयाँ गीत ‘माथी माया बग्छ’ म्युजिक भिडियोसँगै सार्वजनिक गरिएको छ । गीतकी गायिका शान्तिश्री परियारको सुमधुर स्वर सुन्न सकिन्छ । गीतमा माधव भण्डारीले संगीत दिएका छन् । म्युजिक भिडियोमा जुना विश्वकर्मा र सुरेश कोहलीको अभिनय रहेको छ । प्रविण थापाको कोरियोग्राफी तथा निर्देशन रहेको भिडियो तयार भएको छ ।
क्यालिफोर्नियाको सान फ्रान्सिस्कोमा बस्दै आएका गीतकार श्रेष्ठले विदेशमा व्यस्तताका बाबजुद पनि नेपाली संस्कृति, परम्परा र महिलाको सम्मानलाई प्राथमिकता दिँदै यो गीत रचना गरेका हुन् ।
अहिले पैसा र पैसाका लागि मात्रै तीजका गीतहरू निर्माण गर्दा गीतकार प्रितम श्रेष्ठले मौलिकता र सांस्कृतिक महत्वलाई प्राथमिकता दिएका छन् । उनले यसअघि ‘मायालु’ र ‘तिमी हिडने गल्ली’ दुई गीत सार्वजनिक गरिसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
- श्रम संस्कृति पार्टीले पृथ्वीका सबै श्रमिकलाई मुक्ति र न्याय दिन्छ– सुदन किराती
- मापदण्ड विपरीत सञ्चालित भक्तपुरको बाल गृहबाट ८ बालबालिकाको उद्धार
- २५ वर्षसम्म गोप्य राखिएको रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा ल्याउँदै बालेन सरकार
- कांग्रेसका असन्तुष्ट युवा नेताहरूको भेला आज, पाँच एजेन्डामा केन्द्रित छलफल हुने
- विश्वकप २०२६ मा अमेरिकाको शानदार सुरुवात
- चर्चित सेफ सन्तोष साह ठगी मुद्दामा पक्राउ
- देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना, कोशीमा भारी वर्षा हुन सक्ने



ट्रेन्डिङ
खबरमुकाम






