म्याग्दी - म्याग्दीको बेनीमा नेवार समुदाले जनै पूर्णिमाको अवसरमा सापारु तथा नागानगिनी नृत्य देखाएका छन् । नेवार समुदायमा एक वर्षको अवधिमा स्वर्गारोहण भएका व्यक्तिहरुको दिवङ्गत आत्माको चीरशान्तिको कामनाका लागि सोमबार र मङ्गलबार दुई दिन सापारु तथा नागानगिनी नाच प्रदर्शन गरेका हुन् । बेनीमा नेवार समुदालयको बसोबास भएदेखि नै यो नाच देखाइदै आएको नेपाल भाषा मंकाःखलःका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले बताएका छन । नेवार समुदालयले विधिवत रुपमा पूजाअर्चना गरेर सापारु र नागानगिनी नृत्य सुरु हुने उनले बताउछन । नागानगिनी नृत्य नेवारी समुदायको करिब तीन सय वर्ष पुरानो मौलिक कला संस्कृतिमा रुपमा रहेको छ । नेवार समुदायमा एक वर्षभित्र दिवङ्गत भएकाहरुको सम्झनामा जनै पूर्णिमाका दिन र भोलिपल्ट नागानगिनी नृत्यसहित सापारु निकाल्ने प्रचलन रहेको नेवार समुदायका अगुवा प्रमोद श्रेष्ठले बताउछन । 
नेपाल भाषा मंका खलः र ल्याम पुचःको आयोजनामा जनैपुर्णिमाका दिन र भोलिपल्ट दुई दिनसम्म वर्षभरीमा दिवङ्गत भएका व्यक्तिहरुको सम्झनामा नागानगिनी नाच प्रदर्शन गर्दै बजार परिक्रमा गर्ने गरिन्छ । नेवारी पोसाकमा सजिएका पाका र युवायुवतीहरुले बाजाको तालमा ‘राजमति कुमती’ गीत गाउँछन् र एकजना पुरुष महिलाको भेषमा नागनी र अर्को जना नाग भएर नाच्ने प्रचलन छ । बेनीमा पछिल्लो समय नागानगिनी नृत्य पुस्तान्तरण भएको छ । नयाँ पुस्ताले पनि मौलिक कला संस्कृतिको सिको गरेका छन् । नेवार संस्कृतिको पुस्तान्तरणको लागि नेपाल भाषा मंकाःखलले युवालाई तालिम र प्रशिक्षण दिँदै आएको नेपाल भाषा मंकाःखलःका अध्यक्ष श्रेष्ठले बताउछन । मौलिक कला र संस्कृतिको संरक्षणमा बेनीका नेवार समुदायमा जागरण पैदा भएको उनको भनाइ छ ।
स्रोत: गोरखापत्र अनलाइन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
- श्रम संस्कृति पार्टीले पृथ्वीका सबै श्रमिकलाई मुक्ति र न्याय दिन्छ– सुदन किराती
- मापदण्ड विपरीत सञ्चालित भक्तपुरको बाल गृहबाट ८ बालबालिकाको उद्धार
- २५ वर्षसम्म गोप्य राखिएको रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा ल्याउँदै बालेन सरकार
- कांग्रेसका असन्तुष्ट युवा नेताहरूको भेला आज, पाँच एजेन्डामा केन्द्रित छलफल हुने
- विश्वकप २०२६ मा अमेरिकाको शानदार सुरुवात
- चर्चित सेफ सन्तोष साह ठगी मुद्दामा पक्राउ
- देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना, कोशीमा भारी वर्षा हुन सक्ने



ट्रेन्डिङ
खबरमुकाम






