काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपालको प्राकृतिक सुन्दरताले भरिपूर्ण क्षेत्र र त्यहाँका संस्कृति, कलासँग जोडिएका पक्षलाई उजागर गर्दै नेपालको पर्यटन प्रवर्धन गर्नुपर्नेमा जोड दिए । पर्यटन प्रवर्धनमा नेपाली कला संस्कृतिको भूमिका महत्वपूर्ण हुने उनले बताए । एभरेस्ट ग्यालरीद्वारा बिहीबार काठमाडौँमा आयोजित ‘दृश्यमा कोशी प्रदेश–१’ विमोचन कार्यक्रम तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले प्रविधिको सहयोगमा नेपालका विभिन्न भूभाग र त्यहाँ अवस्थित पोखरी, हिमाल, मठमन्दिरलगायतको छायाङ्कन गरी सो क्षेत्रको प्रवर्धन गर्नुपर्ने बताए । उनले स्थानीय सम्पदासँग जोडिएको यथार्थ कथालाई गीतमार्फत उजागर गर्न सके त्यसबाट पर्यटक आकर्षित गर्न सकिने विचार व्यक्त गरे ।
उनले नेपालको पूर्वी भेगको पर्यटन प्रवर्धनका लागि पूर्वपर्यटनमन्त्री सुदन किराँतीको अवधारणामा बनेको ‘किराँत सर्किट’ बारे अध्ययन थालिने पनि जानकारी दिए । दृश्यमा कोशी प्रदेश जस्ता भिडियोले नेपालको जातीय, भाषागत, संस्कृतिको विविधतामाथि अध्ययन गर्न चाहनेका लागिसमेत जिज्ञासा उत्पन्न हुने बताए ।पूर्वमन्त्री सुदन किराँतीले नेपालको प्राकृतिक सुन्दरता र सांस्कृतिक विविधता रहेको रैथाने स्वाद र त्यहाँको संस्कार नै पर्यटकको रोजाइमा पर्ने बताउँदै यस्ता विषयलाई प्रविधिको सहयोगमा विश्वमाझ देखाउन सके नेपालको विकासका लागि पर्यटन क्षेत्र दिगो स्रोत हुने दाबी गरे । कोशी प्रदेशका वन तथा वातावरण, पर्यटनमन्त्री सदानन्द मण्डलले कोशी प्रदेशले कोशी प्रदेश भ्रमण वर्ष–२०८२ घोषणा गरेको जानकारी दिँदै प्राकृतिक सौन्दर्यले भरिएका स्थानको भ्रमणका लागि आह्वान गरे ।
एभरेस्ट ग्यालरीका प्रबन्ध निर्देशक सनम कठायतले खप्तड क्षेत्रदेखि सुरु गरेर कोशीका विभिन्न क्षेत्र र भोजपुरसम्म गीतको छायाङ्कन गरिएको जानकारी दिए । उनले यसका लागि हरेक स्थानीय तहको सहयोग र हौसला पाएको स्मरण गर्दै ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिकालगायतका क्षेत्रलाई दृश्यमा कैद गर्ने योजना अन्तिम चरणमा पुगेको बताए । सङ्गीत, नाट्य प्रज्ञा–प्रष्ठिानका उपकुलपति शम्भु राईले पर्यटन प्रवर्धनमा स्थानीय कला, गीत/सङ्गीतको विशेष भूमिका हुने विचार व्यक्त गरे । खिजीदेम्बा गाउँपालिकाका अध्यक्ष गम्बु शेर्पाले आगामी दिनमा खिजीदेम्बाका सम्पदा पनि कोशीको सम्पदा जस्तै गरी छायाङ्कन गरिने जानकारी दिँदै सो क्षेत्रको भ्रमण गर्न आह्वान गरे ।
सो अवसरमा विभिन्न स्थानको भिडियो तयार गर्न सहयोगका अतिरिक्त प्रहरी महानिरीक्षक टङ्कबहादुर लामा, बुलु मुकारुङ, शम्भु राईलगायतलाई सम्मानपत्र तथा प्रशंसापत्र प्रदान गरिएको थियो । एभरेस्ट ग्यालरीले गीतसँगै स्थानीय सम्पदाको छायाङ्कन गरी आन्तरिक तथा बाह्य पर्यटकसँग सम्बन्धित क्षेत्रमा भ्रमणका लागि प्रेरित गर्दै आएको छ । यस पटक कोशी प्रदेशले ‘कोशीको गौरव, हिमालको सान, पर्यटन वर्षमा सबैलाई सम्मान’ नाराका साथ मनाइरहेको कोशी प्रदेश पर्यटन वर्षका अवसरमा कोशीका सम्पदाको भिडियो तयार गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- संसद्को दुवै सदनको बैठक आज, बजेटमाथि मन्त्रालयगत छलफल सुरु हुने
- आज सातै प्रदेशको बजेट सार्वजनिक हुँदै, खर्च क्षमता सुधार्ने चुनौती कायमै
- अन्तिम मिनेटको गोलमा आइभरीकोस्टको शानदार जित
- अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने सहमति
- आजको मौसमः केही क्षेत्रमा वर्षा र पश्चिमी तराईमा गर्मी हुने
- यस्ता छन् विश्वको सबैभन्दा ठूलो नोबेल पुरस्कारबारे रोचक तथ्य....
- ओरालो लागेको मृग बने मास्टर सेफ सन्तोषः नियत खराब थिएन नियति खराब भइदियो
- ललितपुरमा गोली चल्योः तीन जना लागुऔषध तस्कर पक्राउ



ट्रेन्डिङ
खबरमुकाम





