ढाका (बंगलादेश) : बंगलादेशको ढाकामा सम्पन्न १२औं एशियन पर्यटन मेलामानेपाल पर्यटक स्वागतका लागि तयार भएकोले नेपाल भ्रमणका लागि आग्रह गरिएको छ। असोज २ (सेप्टेम्बर १८) देखि असोज ४ (सेप्टेम्बर २०) सम्मअन्तर्राष्ट्रिय ढाकास्थित कन्वेन्सन सिटी बासुन्धरामा आयोजित मेलामा नेपालपर्यटन बोर्डले ‘नेपाल पर्यटक स्वागतका लागि पूर्णमा तयार रहेको’ सन्देशप्रवाह गरेको हो ।हालैको जेन- जी आन्दोलनका क्रममा नेपालमा उत्पन्न चुनौतीपछि अन्तर्राष्ट्रिय
मेलामा नेपालका पर्यटन व्यवसायिक कम्पनीहरूको यो पहिलो ठूलो सहभागिता हो ।यसले नेपाल सामान्य अवस्थामा फर्किएको र पर्यटकहरूको सुरक्षित स्वागतकालागि तयार रहेको सन्देश बंगलादेशका पर्यटन व्यवसायी र पर्यटकहरूलाई दिएको छ।
नेपालका लागि बंगलादेशस्थित राजदूत घनश्याम भण्डारीले मेलाको उद्घाटनसत्रलाई सम्बोधन गर्दै नेपालको पर्यटन उद्योगले विभिन्न चुनौतीबीच पनि छिटोपुनरुत्थान गर्न सक्ने क्षमता रहेको उल्लेख गरेका छन् । उनले नेपाल- बंगलादेशबीचको पर्यटन सहकार्य र जनस्तरीय सम्बन्ध अझ मजबुत बनाउनुपहल भइरहेको बताएका छन् । सोही मेलामा राखिएको नेपाल स्टलमा ठूलो संख्यामाआगन्तुकहरूको उपस्थिती रहेको थियो । स्टलमार्फत सहभागी नेपाली कम्पनीहरूलेनयाँ अवसर पहिचान गर्न, पुराना सम्बन्धलाई नवीकरण गर्न र आफ्ना प्याकेज तथासेवाहरू प्रस्तुत गरेका थिए ।
कयौँ बंगलादेशी आगन्तुकहरूले हालैको जेन- जी आन्दोलनपछिको नेपालकोअवस्थाबारे जिज्ञासा राखे पनि उनीहरूले नेपाल छिटो सामान्य अवस्थामाफर्किएको देखेर सन्तुष्टि व्यक्त गरेका छन् । उनीहरूले बंगलादेशमै विगतवर्षमा भएका राजनीतिक घटनाक्रमसँग तुलना गर्दै नेपाल भ्रमण गर्ने योजनामाकुनै असर नपरेको प्रतिक्रिया दिएका छन् ।
बंगलादेश नेपालका लागि तीव्र रूपमा बढ्दो पर्यटक बजार बन्दै गएको छ । सन्२०२४ मा नेपालले करिब ४९ हजार बंगलादेशी पर्यटक स्वागत गरेको थियो भने सन्२०२५ को पहिलो आठ महिनामै बंगलादेशी पर्यटक आगमनमा झन्डै ३२ प्रतिशत वृद्धिभएको पर्यटन बोर्डको तथ्यांकले देखाएको छ ।
भौगोलिक निकटता, समान जीवनशैलीर बंगलादेशको बढ्दो आर्थिक क्षमता नेपालका लागि ‘अवसर’ साबित भएको छ ।यस वर्षको मेलामा आठ विभिन्न देशका १५० संस्था सहभागी भएका थिए । १८०स्टलमार्फत पर्यटनसम्बन्धी सेवा र प्याकेजहरू प्रस्तुत गरिएको थियो । नेपालपर्यटन बोर्डसँगै नेपालका हिमालयन क्लब टुर्स एण्ड ट्राभल, नेपाल बिगमाउन्टेन ट्राभल कम्पनी, दि ट्रेक नेपाल, गो नेपाल ट्राभल टुर्स एण्डट्रेकिङ, स्नोवी होराइजन ट्रेक्स एण्ड एक्सपिडिसन, क्लासिकल एडभेन्चरनेपाल, हिमालगरी ट्राभल एण्ड टुर्स, फिमेल गाइड काठमाडौं, काठमाडौं स्वीटहोम, र रेगुलस ट्रेक्स एण्ड एक्सपिडिसन गरी १० कम्पनी सहभागी भएका थिए ।नेपाल पर्यटन बोर्डका अनुसार बंगलादेशमा भएको यस सहभागिताले नेपाल सुरक्षितर आतिथ्यताका लागि उपयुक्त गन्तव्य रहेको स्पष्ट सन्देश प्रवाह गरेको छ,जसले दुवै देशबीचको पर्यटन सम्बन्धलाई अझ मजबुत बनाउन सहयोग गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बालेन सरकारसँग वीरगञ्जका मेयर सिंहको लडाईं किन पर्यो ?
- सरकारले जनताको दुःख नबुझे सडकमा आउने गगनको चेतावनी
- बाराको सेज क्षेत्रमा पनि चल्दै डोजर, निशानामा ६०० घर–टहरा
- कांग्रेस राष्ट्रिय सभाको प्रमुख सचेतकमा पदम परियार
- मनास्लु र ल्होत्से आरोहणको ७० वर्ष, विशेष कार्यक्रम गरी मनाइने
- शेखर गोल्छा पक्राउ परेकोमा नाडाको आपत्ति
- सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा अभिकर्ता सशक्तिकरण तथा सम्मान कार्यक्रम सम्पन्न
- नयाँ दिल्लीमा नेपाललाई उत्कृष्ट वेडिङ डेस्टिनेसनका रूपमा प्रवर्द्धन


ट्रेन्डिङ
खबरमुकाम







