काठमाडौं । देशमा उत्पन्न विषम परिस्थितिको असरका कारण पर्यटक आगमन घटेको छ । नेपालमा सेप्टेम्बर र अक्टोबरको समयलाई पर्यटनका लागि आकर्षक यामका रूपमा लिइन्छ तर यामको सुरुमै पर्यटकीय संरचनामा पुगेको क्षति र सुरक्षा संवेदनशीलताका कारण सेप्टेम्बरमा गत वर्षभन्दा १८ प्रतिशतले पर्यटक घटेका छन् । पर्यटन बोर्डका कार्यकारी निर्देशक दीपकराज जोशीले भने, “आन्दोलनपछि दिनचर्या करिब सामान्य अवस्थामा फर्किए पनि अन्तर्राष्ट्रिय समुदायमा प्रवाह भएको असुरक्षा र अस्थिरताको गलत सन्देशका कारण पर्यटक आगमनमा असर देखिएको छ । सामाजिक सञ्जालमार्फत फैलिएका प्रदर्शनका दृश्य, जेल तथा कारागारबाट भागेका कैदी र लुटिएका हतियारबारेका सुरक्षा संवेदनशील प्रचारले पर्यटन क्षेत्रको अन्तर्राष्ट्रिय छविमा नै प्रतिकूल असर पुगेको देखिन्छ ।”
आन्दोलनका कारण धेरै पर्यटकले नेपाल भ्रमण रद्द गरे पनि पछिल्ला सात दिनमा सरदर दैनिक चार हजारका दरले पर्यटक आगमन वृद्धि हुँदै गएको उहाँले जानकारी दिए । सन् २०२४ को सेप्टेम्बरमा ९६ हजार ३०२ विदेशी पर्यटक भित्रिएकामा यो वर्षको सोही अवधिमा ७८ हजार ७११ विदेशी पर्यटक नेपाल आएका छन् । जुन गत वर्षको तुलनामा १८.३ प्रतिशतले कमी हो । त्यसअघि सन् २०२३ को सेप्टेम्बरमा ९१ हजार १२ जना विदेशी पर्यटक नेपाल आएका थिए । बोर्डका अनुसार सन् २०२५ को नौ महिनामा आठ लाख १५ हजार २७३ पर्यटक नेपाल भित्रिएका छन् । यसअघि जनवरीमा ७९ हजार ९९१, फेब्रुअरीमा ९६ हजार ८८०, मार्चमा एक लाख २१ हजार ६८७, अप्रिलमा एक लाख १६ हजार ४९०, मेमा ८६ हजार २१६, जुनमा ७६ हजार ४२५, जुलाईमा ७० हजार १९३ र अगस्ट महिनामा ८८ हजार ६८० जना विदेशी पाहुना नेपाल भ्रमणमा आएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने

ट्रेन्डिङ
खबरमुकाम






