नेपालको नं. १ टायल्स र बाथवेयर ब्राण्ड सोमानी सेरामिक्स लिमिटेड ले नेपाल तथा दक्षिण–पूर्व एसियाका लागि नेपाल क्रिकेट टिमका पूर्व कप्तान पारस खड्कालाई आफ्नो आधिकारिक ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ ।
यो सहकार्यले सोमानी सेरामिक्सको नेपाली उपभोक्ताहरुसँगको सम्बन्धलाई अझ गहिरो बनाउने र बजारमा आफ्नो अग्रणी स्थानलाई थप सुदृढ बनाउने उद्देश्य राखेको छ ।
पारस खड्का नेपालमा सोमानी सेरामिक्सको ब्राण्ड फेसको रुपमा रहने र उनले टायल्स, बाथवेयर, एडेशिभ र वाटरप्रुफिङ लगायत सोमानी सेरामिक्सका सम्पूर्ण उत्पादनहरुको ब्राण्ड प्रवर्धनका विभिन्न क्रियाकलापमा सहभागी गराईने कम्पनिले जनाएको छ ।
सहकार्यको बारेमा बोल्दै, सोमानी सेरामिक्सका सह–अध्यक्ष सुजित मोहन्तीले पारस खड्कालाई सोमानी परिवारमा स्वागत गर्न पाउँदा खुसी रहेको वताउदै, उहाँको लगनशीलता र उत्कृष्टताको यात्राले हाम्रो नवीनता र नेतृत्वको सिद्धान्त लाई झल्काउने छ । नेपाल, लामो समयदेखि हाम्रो सबैभन्दा मूल्यवान बजारहरू मध्ये एक रहेकोले पारसको विश्वसनीयता र मानिसहरूसँगको सम्बन्धले हाम्रो गुणस्तर, डिजाइन र विश्वासको लक्षलाई अझ बलियो बनाउने र साथै वहाँले यो सहकार्य केवल साझेदारी मात्र होइन, अग्रणी ब्यक्तित्व र अग्रणी कम्पनीको मिलन हो, जसले सुन्दर भविष्य निर्माणका लागि प्रेरणा दिनेछ ।”
सोमानीका मार्केटिङ प्रमुख तथा उपाध्यक्ष अंशुमन चक्रवर्तीले पारस, एक चर्चित अलराउन्डर र नेपालमा घर–घरमा चिनिएको नाम हो । उनी केवल खेलमैदानमा उत्कृष्टता र नेतृत्वका लागि मात्र होइन, आफ्नो इमानदारीता र सकारात्मक प्रभावका लागि पनि सबै पुस्तामा लोकप्रिय रहेको बताउदै युवादेखि परिवारसम्म सबैमा उनको लोकप्रियता भएकाले उनी सोमानीका गुणस्तर, नवीनता र विश्वासका मूल्यहरूलाई प्रस्तुत गर्नका लागि उत्तम व्यक्तित्व रहेको प्रकास पार्नु भयो ।
पारस खड्काले यो साझेदारीप्रति उत्साह व्यक्त गर्दै आफुले जिवनमा लिएको मूल्यमान्यता जस्तै उत्कृष्ट र गुणस्तरका लागि निरन्तर प्रयास गर्ने ब्राण्डसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताउनु भयो। सोमानी घर सजावटको क्षेत्रमा विश्वसनीयता र प्रिमियम उत्पादनको रुपमा रहेको र आफुले व्यक्तिगत रूपमा पनि कम्पनीको उत्कृष्टताप्रतिको प्रतिबद्धता देखेको बताउनु भयो ।
कार्यक्रमामा कंम्पनीले, पारस खड्कालाई आगामी दिनमा ब्रान्ड प्रवर्धनका विभिन्न क्रियाकलापमा प्रस्तुतगर्ने जनायको छ ।
सोमानी सिरामिक्स लिमिटेड
सोमानी सिरामिक्स लिमिटेड भारतको सिरामिक्स उद्योगका अग्रणी कम्पनीमध्ये एक हो र विश्वका शीर्ष १५ निर्माता कम्पनीमध्ये पर्छ। नेपालमा यो नं. १ ब्रान्डको रूपमा स्थापित छ। कम्पनीले भित्ते र फ्लोर टायल्स, पोलिस्ट भिट्रिफाइड टायल्स, ग्लेज्ड टायल्स र स्ल्याब्स, सेनिटरीवेयर, बाथ फिटिङ्स, एडेसिभ र ग्राउट्स लगायतका निमार्ण सामाग्रीहरु कम्पनी ले उत्पादन गर्दै आइरहेको छ ।
१२,००० भन्दा बढी रिटेल आउटलेट र ५०० भन्दा बढी एक्सक्लुसिभ सोरूमहरू रहेको सोमानि टायल्सको विश्वका ६ महादेशको ८० भन्दा बढी देशहरूमा उत्पादन हरु निर्यात गर्दै आइरहेको छ । कम्पनीको वार्षिक उत्पादन क्षमता ७५ मिलियन वर्गमिटर छ, जसका लागि भारतभर रहेका आफ्नै दुई प्लान्ट र सात साझेदार कम्पनीहरु संग संयुक्त रुपमा उत्पादन गर्दै आइरहेको छ । कंम्पनीले सेनिटरीवेयर, बाथ फिटिङ्स र एडेसिभ उत्पादनका लागि छुट्टै उत्पादन प्लानटहरु सञ्चालन गर्दै आइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- अदालतले म्याद थप्न अस्वीकार गरेपछि एकै दिनमा छुटे दुर्गा प्रसाईं
- राष्ट्रिय सभा साउन २१ सम्मका लागि स्थगित
- परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
- खेमनाथ दाहालको गीति एल्बम ‘जागृति’को लोकार्पण
- कुतः पिकाकबाट तीन स्रष्टा पुरस्कृत
- नेपाली उद्यमी समीर खनालद्धारा लन्डनको प्रतिष्ठित मेफेयरमा रोजवुड फार्मेसी सञ्चालन
- आइएमई लाइफ इन्स्योरेन्स बिजनेश एक्सिलेन्स अवार्ड नाइट ,२०२६ सम्पन्न
- सत्ताच्युत भएको दुई वर्षपछि पहिलोपटक सार्वजनिक हुँदै शेख हसिना

ट्रेन्डिङ
खबरमुकाम






