नेपालको रेमिटेन्स क्षेत्रका लागि एक महत्वपूर्ण कदमका रूपमा, नेपाल रेमिटरर्स एशोसिएसन (NRA) ले मलेशियन एशोसिएसन अफ मनी सर्भिसेस बिजनेस (MAMSB) सँग औपचारिक रूपमा साझेदारी गरेको छ । यो नयाँ सहकार्यले विश्व वित्तीय क्षेत्रमा नेपाली रेमिटेन्स कम्पनीहरूप्रति बढ्दो अन्तर्राष्ट्रिय विश्वास र मान्यता प्रकट गर्दछ ।
केही चरणका छलफलहरू पछि, दुवै संघहरूले मनी सर्भिसेस बिजनेस (MSB) क्षेत्रलाई सुदृढ बनाउन, सहकार्य विस्तार गर्न, र वृद्धि प्रोत्साहन गर्न संयुक्त रूपमा काम गर्ने सहमति जनाएको छ । यो साझेदारीले ज्ञान आदान–प्रदान, सीमा–पार सहयोग, र अन्तर्राष्ट्रिय उत्तम अभ्यासमार्फत उद्योग मापदण्ड सुधार गर्ने दिशामा केन्द्रित हुनेछ ।
सम्झौता हस्ताक्षर समारोहका क्रममा, MAMSBका अध्यक्ष दातो’ श्री जाजाखान बिन कादेर गनी र (NRA) का अध्यक्ष श्री रितेश मित्तलले नियामक अनुपालन सुधार, नवप्रवर्तन प्रवद्र्धन, तथा डिजिटल रूपान्तरण, अवैध सञ्चालकहरूको नियन्त्रण, र उपभोक्ता संरक्षण जस्ता साझा चुनौतीहरू समाधान गर्ने विषयमा विचार–विमर्श गरे ।
यस अवसरमा (NRA) का अध्यक्ष श्री रितेश मित्तलका अनुसार “यो साझेदारी नेपालका रेमिटेन्स उद्योगका लागि ऐतिहासिक उपलब्धि हो । MAMSB सँगको सहकार्यले क्षेत्रीय सम्बन्ध मजबुत बनाउने, ज्ञान आदान–प्रदान गर्ने, र नवप्रवर्तनलाई प्रोत्साहन गर्नेछ । अन्ततः यसले वैदेशिक रोजगारमा रहेका नेपाली श्रमिकहरू तथा नेपालको समग्र अर्थतन्त्रलाई लाभ पु¥याउनेछ ।”
MAMSB का अध्यक्ष दातो’ श्री जाजाखान बिन कादेर गनीले भने “हामी नेपाल रेमिटर्स एशोसिएसनसँग सहकार्य गर्न पाउँदा खुशी छौँ । यो साझेदारीले प्रविधि, दक्षता विकास, र अन्तर्राष्ट्रिय मापदण्डको पालना मार्फत मनी सर्भिसेस क्षेत्रलाई सुदृढ बनाउने हाम्रो साझा प्रतिबद्धता झल्काउँछ” ।
यो सहकार्यले दुवै संस्थाबीच सीप विकास, नीतिगत संवाद, र क्षेत्रीय समन्वयका नयाँ द्वारहरू खोल्नेछ । साथै, यसले विश्वभरका लाखौँ वैदेशिक श्रमिक र उनीहरूका परिवारका लागि अझ सुरक्षित, छिटो र किफायती रेमिटेन्स सेवाहरू उपलब्ध गराउने दिशामा महत्वपूर्ण कदम स्थापित गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बालेन सरकारसँग वीरगञ्जका मेयर सिंहको लडाईं किन पर्यो ?
- सरकारले जनताको दुःख नबुझे सडकमा आउने गगनको चेतावनी
- बाराको सेज क्षेत्रमा पनि चल्दै डोजर, निशानामा ६०० घर–टहरा
- कांग्रेस राष्ट्रिय सभाको प्रमुख सचेतकमा पदम परियार
- मनास्लु र ल्होत्से आरोहणको ७० वर्ष, विशेष कार्यक्रम गरी मनाइने
- शेखर गोल्छा पक्राउ परेकोमा नाडाको आपत्ति
- सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा अभिकर्ता सशक्तिकरण तथा सम्मान कार्यक्रम सम्पन्न
- नयाँ दिल्लीमा नेपाललाई उत्कृष्ट वेडिङ डेस्टिनेसनका रूपमा प्रवर्द्धन


ट्रेन्डिङ
खबरमुकाम







