‘वर्षा र सहकालका’ देवता रातो मत्स्येन्द्रनाथलाई बुधबार बुङ्मतीबाट पाटनको तःबहाल मन्दिर ल्याइएको छ । मच्छिन्द्रनाथलाई छ महिना पाटन र अर्को छ महिना बुङ्मती राखिने चलनानुसार तःबहाल ल्याइएको हो ।
गुरुज्यूको पल्टनले सलामीपछि आठ जना पुजारी अर्थात् पानेजूले रातो मत्स्येन्द्रनाथलाई सुरक्षाकर्मीसहित बाजागाजा गरेर पाटन ल्याइएको पुजारी कमलराज वज्राचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, “भगवान्लाई पाटन ल्याउनु चार दिनअघिदेखि एक छाक चोखो खाएर हामी आवश्यक नियम पालना गरेर बसेका थियौँ ।”
किंवदन्ती अनुसार कान्तिपुरवासीले भिक्षा नदिएपछि त्यसैको रिसमा गोरखनाथ पशुपति मृगस्थलीमा नवनागलाई आसन बनाउनुभयो । जसले १२ वर्षसम्म वर्षा नभई अनिकाल भयो । यसको समाधान खोज्दै जाँदा गोरखनाथका गुरु मच्छिन्द्रनाथलाई कान्तिपुर ल्याएमा गोरखनाथ आसनबाट उठ्ने र त्यसपछि वर्षा र सहकाल हुने पत्ता लाग्यो ।
त्यसपछि भक्तपुरका राजा नरेन्द्रदेव, काठमाडौँका राजा बन्धुदत्त वज्राचार्य र ललितपुरका कृषक ललित रथचक्र मिलेर मच्छिन्द्रनाथलाई भारतको कामारुकामाक्षबाट नेपाल ल्याइएको थियो । रक्तवलोकेश्वर करुणामयको स्थान निकै उच्च छ । यिनलाई लोकनाथ, रातो मच्छिन्द्रनाथ वा मत्स्येन्द्रनाथ, बुङ्गमलोकेश्वर, बुँगद्यः, आर्यावलोकितेश्वर, वृष्टिदेव आदि विभिन्न नामले पुकारिने गरिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






