शैली थिएटरको आयोजना र ओजस थियटरको सहकार्यमा १७ औँ राष्ट्रिय बालनाटक महोत्सव हुने भएको छ । महोत्सवमा सहभागिताका लागि इच्छुक व्यक्ति, सङ्घ, संस्था, नाट्य समूह, विद्यालयलगायतलाई नाटकको स्क्रिप्ट दर्ताका लागि आह्वान गरिएको छ । महोत्सवका निर्देशक नवराज बुढाथोकीले नाटकको स्क्रिप्ट रूसी सदन कमलपोखरी र रातोपुलस्थित शैली थिएटर तथा ओजस थिएटरमा वा इमेलमार्फत यही पुस २० गतेसम्म बुझाइसक्नु पर्नेछ ।

शैली थिएटरका अनुसार महोत्सवका लागि छनोट भएका स्क्रिप्ट यही पुस २५ गते सार्वजनिक गरिनेछ । महोत्सव कमलपोखरीस्थित रुसी सदनमा सञ्चालन हुनेछ । नाटक ३० मिनेटदेखि बढीमा ७० मिनेटसम्मको हुनुपर्ने र मञ्चनमा पर्दा अगाडि र पर्दा पछाडि गरी बढीमा १५ जनासम्मको समूह सहभागी हुन पाइने जनाइएको छ । महोत्सवमा उत्कृष्ट नाटकलाई अवार्ड, प्रमाणपत्रसहित नगद पुरस्कारको समेत व्यवस्था गरिएको आयोजकको भनाइ छ ।रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






