काठमाडौँ । नयाँ बानेश्वरमा सामूहिक कला प्रदर्शनी ‘नदबिने आवाज’ आयोजना गरिएको छ । संसद् भवनअगाडिको सडकपेटीमा विभिन्न कलाकारको सामूहिक कला प्रदर्शनी आयोजना गरिएको हो । सो प्रदर्शनीमा जेनजी आन्दोलनमा ज्यान गुमाएकाको स्मृति, सुशासनको माग र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा कलाकृति प्रदर्शन गरिएको छ । कलाकारले प्रदर्शनीमार्फत युवाको दबिएको आवाजलाई कलाको माध्यमबाट जीवन्त बनाउने प्रयास गरेका हुन् ।
भदौ २३ र २४ को घटनाको सम्झनाको स्मरण गर्ने, राजनीतिक सुधारका लागि कलाकारको सक्रियता देखाउने, आन्दोलनको कारण खोजी गर्ने तथा कलाकारको सिर्जनाबाट जनताको आवाज बुलन्द पार्न उद्देश्यले कला प्रदर्शनीको आयोजना गरिएको प्राज्ञ जुपिटर प्रधानले बताए। ‘युवामा सामाजिक चेतना फैलाउनु र कलाकारको प्रतिनिधित्वले नेपालको राजनीतिक र सामाजिक संरचनामा आवश्यक सुधार ल्याउन सशक्त माध्यम बन्ने हाम्रो विश्वास छ,” उनले भने । जेनजीको ‘बलिदान’ लाई बेवास्ता नगर्न खबरदारी गर्ने कला प्रदर्शन गरिएको उहाँको भनाइ थियो ।
प्रदर्शनीमार्फत आन्दोलनको भावनालाई जीवित राख्ने र समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ । चित्रकला, स्केच, पोस्टर आर्ट, प्रतीकात्मक कला र सन्देशमूलक कृतिहरू प्रदर्शनीमा राखिएका थिए । आयोजकका अनुसार ‘नदबिने आवाज’ केवल कला प्रदर्शनी मात्र नभई सामाजिक चेतना जगाउने अभियानसमेत हो । प्रदर्शनीमा कलाकार स्वयंले आआफ्नो कलाकृतिलाई शान्तिपूर्ण रूपमा संसद् भवनको पर्खालसँगै सडक पेटीमा उभिएर प्रदर्शन गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






