काठमाडौं । रोल्पामा जीप दुर्घटना हुँदा १७ जनाको ज्यान गएको छ । रुकुम पूर्वबाट जलजलातर्फ जाँदै गरेको जिप भिरबाट ८ सय मिटर तल खसेपछि यस्तो यति ठूलो मानवीय क्षति भएको हो ।
रोल्पाका डीएसपी वीरेन्द्र वीर विश्वकर्मा नेतृत्वको टोली दुर्घटनास्थलमा उद्धारका लागि खटिएको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार १७ जनाको घटनास्थलमा नै मृत्यु भएको हो । लु१ज ४१६७ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको हो । जलजलामा वैशाख पूर्णिमाको अवसरमा लाग्ने मेलामा सहभागी हुन जानेहरूलाई लिएर उक्त जिप त्यसतर्फ जाँदै थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






