काठमाडौं । मधेश प्रदेशमा सरकार ढल्ने अवस्थामा पुगेको छ । जनमत पार्टीले समर्थन फिर्ता लिएसँगै प्रदेश सरकार अल्पमतमा परेपछि ढल्ने अवस्थामा पुगेको हो । जनमतको पछिल्लो निर्णयले मधेसमा नयाँ राजनीतिक समीकरण बन्ने सम्भावना बढेर गएको छ ।
यसअघि पनि पार्टीभित्रको अन्तरद्वन्दले जनमत पार्टीले आफ्नै नेतृत्वको सरकार ढालेको थियो । जेनजी आन्दोलनका क्रममा तत्कालीन मुख्यमन्त्री सतिशकुमार सिंहले सामाजिक सञ्जालमार्फत राजीनामाको घोषणा गरे पनि व्यवहारमा कार्यान्वयन नगरेपछि पार्टीले उनलाई हटाएर नयाँ सरकार गठनको प्रक्रिया अघि बढाएको थियो ।
नयाँ राजनीतिक परिस्थिति विकास हुँदा नेपाली कांग्रेस र नेकपाबाहेकको सरकार बनाउने कसरतमा नेकपा (एमाले) लागेको छ । १०७ सदस्यीय मधेस प्रदेश सभामा हाल १ सय जना मात्रै सांसद छन् । जस मध्ये एमालेका २४, जसपाका १८, जनमतका १२ र लोसपाको ८ सांसदसहित ६२ जना सांसद नयाँ सरकार गठनको गृहकार्यमा लागेका छन् ।
कांग्रेस नेता कृष्ण यादव गएको मंसिर १९ गते मधेसको मुख्यमन्त्री नियुक्त भएका थिए । कांग्रेससहित जसपा नेपाल, जनमत, नेकपा माओवादी केन्द्र, लोसपा, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका यादवलाई पछि एमालेलेसमेत विश्वासको मत दिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






