काठमाडौं । काठमाडौंबाट यात्रु बोकेर विराटनगरतर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा १७ जना यात्रु घाइते भएका छन् । आइतबार बिहान बागमती प्रदेश ०१–००६ ख ५२३७ नम्बरको बस धनुषाको मिथिला नगरपालिका–९, फुटबल ग्राउन्ड नजिक पूर्व–पश्चिम राजमार्गमा दुर्घटना भएको प्रहरीले जानकारी दिएको हो ।
प्रहरीका अनुसार अर्को बसलाई ओभरटेक गर्दा अनियन्त्रित भएर सडकमै पल्टिएको थियो ।
दुर्घटनामा १७ जना घाइते भएका छन् । उनीहरूलाई लालगढस्थित मोइल अस्पतालमा भर्ना गरिएको छ । बसमा ३३ यात्रु सवार रहेका छन् । अन्य यात्रु सकुसल रहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- प्रतिनिधिसभाको बैठक आज पनि सर्यो
- मधेसमा सरकार चलाउनेकै कारण संघीयता डुब्ने खतरा
- विद्युतीय सवारी साधनको बीमा सम्बन्धी अन्तरक्रिया सम्पन्न
- आईएमई लाइफ इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई रु. ५ लाख सहयोग
- आज कुन देशको मुद्रा कतिमा हुँदैछ कारोबार ?
- आजको मौसम, यी ठाउँमा छ पानी पर्ने सम्भावना
- आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
- आज निर्जला एकादशी, तुलसीको दल राख्ने दिन



ट्रेन्डिङ
खबरमुकाम






