काठमाडौं । इरानले बहराइनस्थित अमेरिकी नौसेनाको फिफ्थ फ्लिटमा ड्रोन हमला गरेको छ । इरानको इस्लामिक सेना रिभोल्युसनरी गार्ड कर्प्स (आईआरजीसी) ले गएराति उक्त हमला गरेको दाबी गरेको हो ।
इरानी सरकारी सञ्चार माध्यमहरुले जनाए अनुसार दक्षिण इरानको केशम र बन्दर अब्बासमा भएको अमेरिकी हमलाको बदलामा इरानले पनि जवाफी हमला गरेको छ । आईआरजीसीले अमेरिकाले जास्क, सिरिक र केशम द्विपमा हमला गरेको दाबी गर्दै उक्त हमलामा सिरिकमा एक सञ्चार टावरमा क्षति पुगेको र दुईवटा पानीका ट्यांकीसमेत क्षतिग्रस्त बनेको बताएको छ ।
यसैबीच, इरानले अमेरिकी सैन्य कारबाही जारी रहेमा जवाफ पनि जारी रहने र थप कडा कारबाही गर्ने चेतावनी दिएको छ । आईआरजीसीका अनुसार दुवैपक्षबीच टकराब अझै समाप्त भएको छैन ।
इरानले हमला गरेको बताए पनि अमेरिकी सेनाले बहराइनस्थित फिफ्थ फ्लिटमा हमला गरेको पुष्टि गरेको छैन । बहराइनमा तैनाथ अमेरिकी फिफ्थ फ्लिट पश्चिम एसियामा अमेरिकाको सबैभन्दा महत्त्वपूर्ण नौसैनिक अड्डा मानिन्छ । यसले फारसको खाडी, अरब सागर र स्ट्रेट अफ होर्मुजजस्ता रणनीतिक समुद्री इलाकाको निगरानी गर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- कांग्रेस एकताका लागि नैनसिंह महरको नयाँ अभियान, साउन २० मा राष्ट्रिय भेला
- कांग्रेस केन्द्रीय समिति बैठक साउन २४ मा, महाधिवेशन र आन्तरिक विवाद मुख्य एजेन्डा
- आज घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
- सरकार र हिन्दूवादी सङ्गठनबीच १३ बुँदे सहमति, आन्दोलन स्थगित
- इरानमाथिको आक्रमण रोकिएको ट्रम्पको दाबी
- दुई दिन धेरै भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो
- हाँस्य विधाबाट समाज बदलिरहेका अमृतको सफलता
- हिमपहिरोमा परेर विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधन

ट्रेन्डिङ
खबरमुकाम







