काठमाडौं । विश्व फुटबलको सबैभन्दा ठूलो महाकुम्भ फिफा विश्वकप २०२६ आजदेखि सुरु हुँदै छ । अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गरेको प्रतियोगितालाई विश्वकप इतिहासकै सबैभन्दा ठूलो संस्करणका रूपमा हेरिएको छ ।
यस संस्करणमा पहिलो पटक ४८ राष्ट्रले सहभागिता जनाउँदै छन् । जुलाई १९ सम्म सञ्चालन हुने प्रतियोगितामा कुल १०४ खेल खेलाइनेछन्, जुन विश्वकप इतिहासमै सर्वाधिक हो ।उ
द्घाटन खेलमा सह–आयोजक मेक्सिकोले दक्षिण अफ्रिकाको सामना गर्नेछ । मेक्सिको सिटीस्थित ऐतिहासिक एज्टेका रंगशालामा हुने खेल नेपाली समयअनुसार मध्यराति १२ः४५ बजे सुरु हुनेछ ।
यसपटकको विश्वकपमा साविक विजेता अर्जेन्टिनासँगै ब्राजिल, फ्रान्स, जर्मनी, स्पेन, पोर्चुगल र इंग्ल्यान्ड उपाधिका प्रमुख दाबेदार मानिएका छन् ।
विश्वभरका फुटबल समर्थकहरू आफ्नो मनपर्ने टोलीको जर्सी लगाएर फुटबलको महाकुम्भमा रमाउन तयार भएका छन् । प्रतियोगिताले विश्वभर अर्बौं दर्शक तान्ने अपेक्षा गरिएको छ ।
प्रतियोगिताको फाइनल खेल जुलाई १९ मा अमेरिकाको न्युयोर्कमा हुनेछ । नयाँ विश्व च्याम्पियनको टुंगो लागेसँगै विश्वकप २०२६ को औपचारिक समापन हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






