काठमाडौं । नेपाल मेडिसिटी अस्पताल र सिङ्गापुरको अग्रणी स्वास्थ्य सेवा संस्था सिङहेल्थ बीच स्वास्थ्य सेवाको गुणस्तर, बिरामी सुरक्षा तथा अन्तर्राष्ट्रिय मान्यतासम्बन्धी तयारीलाई थप सुदृढ बनाउने उद्देश्यका साथ समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ । सिङ्गापुरमा आयोजित कार्यक्रममा नेपाल मेडिसिटी अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. अमित तोमर र सिङहेल्थका ग्रुप डाइरेक्टर, इन्टरनेशनल कोलाबोरेशन प्रोफेसर लन्डन लुसियन ओईले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौता हस्ताक्षर कार्यक्रममा सिङहेल्थकी निर्देशक (इन्टरनेशनल कोलाबोरेशन) विजया राव, इन्टरनेशनल कोलाबोरेशन अफिसकी आइरिन एङ तथा नेपाल मेडिसिटी अस्पतालका बिजनेस डेभलप्मेन्ट, ब्रान्डिङ तथा मार्केटिङका एभिपि तेन्जिङ कुन्सेल बज्राचार्यको पनि उपस्थिति रहेको थियो ।
यस सहकार्यअन्तर्गत स्वास्थ्य सेवा गुणस्तर व्यवस्थापन, बिरामी सुरक्षा, अन्तर्राष्ट्रिय मापदण्डहरूको कार्यान्वयन तथा स्वास्थ्य संस्थाको मान्यतासम्बन्धी तयारीका विषयमा ज्ञान, अनुभव र उत्कृष्ट अभ्यासहरूको आदानप्रदान गरिनेछ । साथै आवश्यकतानुसार सञ्चालन प्रक्रिया, प्रोटोकल तथा अन्य प्राविधिक सामग्रीहरू साझेदारी गरिनेछ ।
सिङहेल्थ सिङ्गापुरको सबैभन्दा ठूलो सार्वजनिक स्वास्थ्य सेवा समूह हो, जसले स्वास्थ्य सेवा गुणस्तर, बिरामी सुरक्षा, चिकित्सा शिक्षा र अनुसन्धानका क्षेत्रमा अन्तर्राष्ट्रिय प्रतिष्ठा हासिल गरेको छ ।
नेपाल मेडिसिटी अस्पतालले पनि विश्वस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने आफ्नो प्रतिबद्धतालाई निरन्तर अघि बढाउँदै आएको छ । यस सहकार्यले अस्पतालको गुणस्तर सुधार तथा बिरामी सुरक्षासम्बन्धी प्रयासलाई थप बलियो बनाउनुका साथै अन्तर्राष्ट्रिय स्तरका उत्कृष्ट अभ्यासहरू अवलम्बन गर्न सहयोग पुर्याउने विश्वास गरिएको छ ।
नेपाल मेडिसिटीका सिइओ डा. अमित तोमरका अनुसार यस साझेदारीले नेपालको स्वास्थ्य क्षेत्रमा गुणस्तरीय सेवा प्रवद्र्धन, बिरामीको उपचार अनुभव सुधार तथा स्वास्थ्य सेवाप्रति जनविश्वास अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- नेपाल मेडिसिटी अस्पताल र सिङहेल्थ सिङ्गापुरबीच सहकार्यको सम्झौता
- कामना सेवा विकास बैकद्धारा विद्यालयलाई कुलर तथा ब्रेल पेपर हस्तान्तरण
- रवि लामिछानेले छुट्याए आफ्ना शत्रु, को को परे ?
- उपाध्यक्ष पौडेलको गिरफ्तारीमा आक्रामक एमाले, सशक्त प्रतिवाद गर्ने निर्णय
- रास्वपाको मतदान निर्धारित समयमा नहुने, उम्मेदवारको अन्तिम सूची कुर्दै निर्वाचन आयोग
- विश्वकपमा क्रोएसियाको पहिलो जित, पानामा बाहिरियो
- रास्वपाको सभापतिमा निर्विरोध बने रवि लामिछाने
- देशका केही भूभागमा वर्षाको सम्भावना, तराईमा तातो लहरको चेतावनी



ट्रेन्डिङ
खबरमुकाम






