काठमाडौं । आयोजक राष्ट्र अमेरिकामाथि प्रभावशाली जित निकाल्दै बेल्जियम विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । अन्तिम १६ को खेलमा बेल्जियमले अमेरिकालाई ४–१ ले पराजित गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो ।
बेल्जियमको जितमा चार्ल्स डे केटेलारेले दुई गोल गरे भने ह्यान्स भानाकेन र रोमेलु लुकाकुले एक–एक गोल थपे । खेलको नवौँ मिनेटमै चार्ल्स डे केटेलारेले गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका थिए ।
अमेरिकाका मलिक टिलम्यानले ३१औँ मिनेटमा गोल फर्काएर खेल १–१ को बराबरीमा ल्याए । तर त्यसको दुई मिनेटपछि नै चार्ल्सले व्यक्तिगत दोस्रो गोल गर्दै बेल्जियमलाई पुनः २–१ को अग्रता दिलाए ।
दोस्रो हाफको ५७औँ मिनेटमा ह्यान्स भानाकेनले गोल गर्दै बेल्जियमको अग्रता ३–१ मा विस्तार गरे । त्यसपछि इन्जुरी समयमा रोमेलु लुकाकुले अर्को गोल थपेपछि बेल्जियमले ४–१ को सहज जित दर्ता गर्यो ।
यस हारसँगै आयोजक राष्ट्र अमेरिका प्रतियोगिताबाट बाहिरिएको छ । यसअघि सह–आयोजक क्यानडा र मेक्सिको पनि बाहिरिसकेका थिए। त्यससँगै यस संस्करणका तीनवटै आयोजक राष्ट्रको यात्रा समाप्त भएको छ ।
अब क्वार्टरफाइनलमा बेल्जियमले स्पेनको सामना गर्नेछ । स्पेनले अन्तिम १६ मा पोर्चुगललाई पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





