इरानमाथिको सैन्य कारबाही जारी रहने ट्रम्पको चेतावनी, ऊर्जा पूर्वाधार पनि निशानामा पर्न सक्ने

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध जारी अमेरिकी सैन्य कारबाही आफूले पर्याप्त भएको निर्णय नगरेसम्म नरोकिने बताएका छन् । उनले इरानलाई वार्तामा आउन आग्रह गर्दै अन्यथा थप कडा सैन्य कदम चालिने चेतावनी दिएका हुन् ।

फक्स न्युजसँगको अन्तर्वार्तामा ट्रम्पले इरानको सैन्य क्षमता उल्लेखनीय रूपमा कमजोर भइसकेको दाबी गरे । उनका अनुसार इरानसँग केही प्रतिरोध गर्ने क्षमता बाँकी रहे पनि त्यो सीमित अवस्थामा पुगेको छ ।

सैन्य कारबाही कहिलेसम्म जारी रहन्छ भन्ने प्रश्नमा ट्रम्पले आफूले रोक्ने निर्णय नगरेसम्म आक्रमण जारी रहने स्पष्ट पारे।

उनले आगामी दिनमा इरानका ऊर्जा, विद्युत् र यातायातसँग सम्बन्धित रणनीतिक पूर्वाधारहरू पनि सम्भावित लक्ष्य बन्न सक्ने संकेत दिए । वार्ताबाट समाधान खोज्न आफू तयार रहेको उल्लेख गर्दै ट्रम्पले इरानले संवादको बाटो नअपनाए सैन्य अभियान अझ तीव्र हुने चेतावनी दोहोर्‍याए ।

ट्रम्पका अनुसार अमेरिका र इरानबीच वार्ताको प्रयास हुने अपेक्षा गरिएको छ । तर, कुनै सहमति हुन नसके थप सैन्य कारबाही अघि बढाइने उनले बताए ।

उनले इरान वार्तामा सहभागी नभए विद्युत् उत्पादन केन्द्र, पुल तथा अन्य महत्वपूर्ण पूर्वाधारहरूमा पनि आक्रमण हुन सक्ने चेतावनी दिएका छन् । उनका अनुसार आगामी सातालाई इरानका लागि कठिन समय बन्न सक्ने सम्भावना छ ।

यता, इरानी सरकारी सञ्चारमाध्यमहरूले देशका दक्षिणी क्षेत्र, तटीय इलाका तथा होर्मुज जलमार्ग आसपासका टापुहरूमा लगातार विस्फोटका घटना भइरहेको बताएका छन् । यद्यपि ती विस्फोटको विस्तृत विवरण र क्षतिको आधिकारिक पुष्टि भने सार्वजनिक भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै